नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा २१२औँ भानु जयन्तीको अवसरमा अनेसास कविता महोत्सव २०२५ हुने 

सिड्नी ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अष्ट्रेलिया, न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा आगामी १२ जुलाई २०२५, शनिवार दिउसो १ बजेदेखि  ४ बजेसम्म   सिड्नीको ब्ल्याकटाउनमा एक विशेष कविता महोत्सव आयोजना गरिने भएको छ।

 २१२औँ भानु जयन्तीको अवसर पारेर  प्रबाशमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न उक्त कार्यक्रमको  आयोजना  गरिन लागेको  हो ।  जसमा अष्ट्रेलियामा क्रियाशील नेपाली साहित्यकारहरूसहित विभिन्न सर्जकहरूले आफ्नो कविता वाचन र साहित्यिक प्रस्तुति दिनेछन्। कार्यक्रमले नेपाली सांस्कृतिक पहिचान र भाषिक विविधताको जगेर्नामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अनेसास अष्ट्रेलियाका अध्यक्ष डा. प्रकाश पौडेलले  प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपाली साहित्य र संस्कृति प्रवासमा प्रवर्द्धन गर्ने उद्देश्यसहित कविता महोत्सव आयोजना  गर्न लागिएको  बताउदै यो संस्करणलाई अझ प्रभावकारी र समावेशी बनाउन विशेष तयारी गरिएको जनाए ।  

त्यस्तै  अनेसास अष्ट्रेलियाकी महासचिव भावना पराजुलीले साहित्यप्रेमी, सामाजिक अभियन्ता, सरोकारवाला निकायहरू तथा नेपाली समुदायका सदस्यहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेकी छन्।

समाजले आफ्नो स्थापनाकालदेखि नै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। बालबालिकादेखि वरिष्ठ साहित्यि सर्जकसम्मलाई समेट्ने यस्ता कार्यक्रमले प्रवासमा बसोबास गर्ने नेपाली समुदायमा सांस्कृतिक चेतना फैलाउन  थप मद्दत पुग्नेछ ।  आयोजकले  साहित्यप्रेमी नेपाली जनसमुदायलाई  कार्यक्रममा  उपस्थिति   जनाइदिनु  हुन बिशेष आग्रह  गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्