सिड्नी। नेप्लिज अष्ट्रेलियन वेलफेयर सोसाइटी (NAWS) द्वारा आयोजना गरिएको वार्षिक फुटबल प्रतियोगिता ‘NAWS Cup Soccer 2025’ को फाइनल खेल यहि ६ जुलाई आइतबारका दिन Horlyck Reserve, South Granville मा हुने भएको छ।
कार्यक्रम बिहान ८:३० बजे बाट सुरु हुने जानकारी दिँदै आयोजक संस्था NAWS ले सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई खेल तथा समापन समारोहलाई सफल पार्न हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहने नवाजले जनाएको छ । जसमा न्यू साउथ वेल्सका मानार्थ वाणिज्यदूत संजीव शर्मा, NRNA अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, तथा Cumberland काउन्सिलकी मेयर ओला हामेड रहेका छन्। साथै, काउन्सिलर स्टिभ क्रिस्टोउ तथा नेपाली समुदायका अन्य संघसंस्थाका प्रतिनिधिहरू र अगुवाहरूको समेत सहभागिता रहनेछ।
नवाजका अध्यक्ष चिरन तिवारीले नवाज्. कप केवल फुटबल प्रतिस्पर्धा मात्र नभई नेपाली समुदायबीचको एकता, सहकार्य र सद्भावको प्रतिबिम्ब भएको बताए ।
नवाज्. कप प्रतियोगिता अष्ट्रेलियामा रहेका नेपालीहरूको सबैभन्दा पुरानो र प्रतिष्ठित फुटबल प्रतिस्पर्धाहरूमा गनिन्छ, जसले युवाहरूमाझ खेलकुदको प्रवर्द्धनका साथै समुदाय सञ्जाल विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ।
फाइनल खेल र पुरस्कार वितरण समारोहसँगै कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिहरू हुने आयोजकले जनाएको छ। यो विशेष दिनमा उपस्थित भई खेलकुदको माध्यमबाट नेपाली समुदायमा सम्बन्ध विस्तार गर्न एब भाईचारा बढाउन नवाजका अध्यक्ष तिवारीले सबैलाई आग्रह गरेका छन् ।