नेभिगेशन
न्यू साउथ वेल्स

हिन्दू समाज अष्ट्रेलियाले बरुड पार्कमा "तीज महोत्सव " कार्यक्रम गर्ने 


सिड्नी । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा हिन्दू समाज अष्ट्रेलियाले यहि सेप्टेम्बर १४, तारिख सोमबार सिड्नीको बरुड पार्कमा "तीज महोत्सव " कार्यक्रम गर्ने भएको छ । कार्यक्रमका बारेमा नेपाल न्युज अष्ट्रेलियासंग कुरागर्दै हिन्दू समाज अष्ट्रेलियाकी अध्यक्ष लक्ष्मी बस्ताकोटीले कार्यक्रमा नेपालमा हालै आएको प्राकृतिक बिपत्तिमा परेर जीवन गुमाएका हरुको सम्झनामा दीप प्रज्वलन गरेर दिवंगत आत्माको शान्तिको कामना गरिने जानकारी दिएकी छिन् ।

उनले कार्यक्रममा सक्रिय सहभागी भएर नेपालको शान्ति, समृद्धि र कल्याणको लागि प्रार्थना गर्न, र वर्तमान परिस्थितिबाट प्रभावित व्यक्तिहरूको पक्षमा उभिन यहाँको नेपाली समुदायसँग आग्रह गरेकी छिन् ।
उनका अनुसार कार्यक्रममा संकलन हुने रकम नेपालको प्राकृतिक बिपत्तिमा परेकाहरुको सहयोगका लागि उपलब्ध गराइने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्