नेभिगेशन
खेलकुद

नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार साँझ भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालले दशरथ रङ्गशालामा ५० औँ खेल पूरा गर्यो । यसअघि दशरथ रङ्गशालामा सन् १९८४ मा आयोजना भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलो औपचारिक खेल खेलको थियो ।

नेपालको जितमा अन्जन विष्ट नायक बने । उनले खेलको ८२ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । सुनिल बलको पासलाई सदुपयोग गर्दै अन्जनले गोल गरेका थिए ।

पाकिस्तान विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को निलम्बन फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । बङ्गलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहारा मेलबर्न गठन

सहारा मेलबर्न गठन

बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।