भर्खरै
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
- सेप्टेम्बर पाँचमा पारमाटा पार्क भरिने
- बेनी, टीआरजी,फेवा र अर्वन सेमिफाइनलमा
अर्कोअर्फ भने आरोपी वाञ्छु शेर्पाले आफ्नो अवस्थाको बारेमा अस्ट्रेलियन सरकारलाई आवश्यक सबै जानकारी गराएको र आपूु निर्दोष ठहरिएको दावी गरेका छन् । आफू निर्दोष ठहरिएको बताउने वान्छु आफूले खतराको महसुस गरेर नेपाली समुदायमाझ सार्बजनिक हुन नसकेको गोप्य स्रोतमार्फत् जानकारीमा आएको छ । हाल उनी प्रोटेक्सन भिसामा छन् । राजदूताबासको लुकेर बसेको भन्ने आरोपलाइ झुटो साबित गर्न किन उनले आफ्नो प्रोटेक्सन भिसा सार्वजनिक गर्न सकेका छैनन् ? भन्ने तर्कहरु अहिले उब्जिन थालेका छन् । वान्छुले आफू यहाँ आउदा तेत्तिस लाख रुपैयाँ तिरेर आएको बताए । उनीसँग सम्बन्धित लिखतको पूर्णअंश–
मलाई (राजदूतलाई) “कुटनीतिक प्रतिरक्षा“ (Diplomatic Immunity) हुन्छ र ममाथि उपर साधारण कानून, जस्तो पक्राउ गर्ने, थुन्ने, अपराधिक कार्य गर्यो भनेर मुद्दा चलाउन सक्दैन भन्ने मनसाय नराखी आफूमाथि लागेको आरोपको जतिसक्दो चाँडो टुंगो लगाउनेतर्फ राजदूत र राजदूताबास सक्रिय बनोस् । किनकि देशको आधिकारिक प्रतिनिधि राजदूत हो, जसको आचरण र ब्यबहारले मुलुकको पररास्ट्र मामिलामा मात्रै होइन प्रतिष्ठामा समेत प्रभाव पार्दछ । धेरैको चाहना र कामना छ कि राजदूतमाथि लागेका आरोप झुटो प्रमाणित होस् । अनि नेपाल र नेपालीको ठाडो शिर झुक्न नपरोस् ।
हो लक्की शेर्पा कसैकी छोरी, कसैकी श्रीमती त कसैकी दिदीबहिनी र कसैकी आमा हुन् । परिबार र आफन्तसँगको आफ्नै खालको समन्ध र सामिप्यता सबैको नै हुन्छ तर सावर्बजनिक ओहोदामा बसेकाहरुले आफ्नो पद अनुसारको जिम्मेवारीलाई काँधमा बोक्न सके भने मात्र कार्यकाल सफल भएको मानिन्छ । हामीले आशा गरौं यो सवालमा नेपाली राजदुतलाई सफलता मिल्नेछ । संबिधान सभा सदस्य (सन् २००८–२०१२) को भूमिका निर्बाह गरिसकेकी शेर्पा पहिलो जनजाती महिला राजदूत पनि हुन् । नेपालको वर्तमान परिप्रेक्ष्यमा अगाडी बढ्न प्रसस्त सम्भावना बोकेकी लक्की शेर्पामाथि लागेको यो आरोपका बारेमा यहाँको केही नेपाली संघ सस्थाहरुले आफ्नो धाराणा सार्बजनिक गरिसकेका छन् । यस्तो स्थितिमा राजदुतलाई केही समूहले उक्साउन खोज्लान् त कुनै समूहले मुद्दाको टुङ्गो नलाग्दासम्म निस्कृय हुनुपर्छ भनेर आवाज निकाल्लान् यस्ता सवालहरु आआफ्नै ठाउँमा ठिक होला । तर राजदूतले कसको तर्कलाइ ठिक मान्नेभन्दा पनि कानुनी राज भएको राष्ट्र यो अस्ट्रेलियामा आगामी दिनमा अझ कसरी राजदूतावासको भूमिका र प्रभावकारिता बढाउन सकिन्छ भन्नेतर्फ आफू र दुताबासलाई केन्द्रित गर्दा उत्तम देखिन्छ ।