नेभिगेशन
नेपाल समाचार

नेपाल फेस्टिभलमा पुस्कर शाह सद्भावना दूत नियुक्त

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको सेप्टेम्वर २३ आइतवारका दिन सम्पन्न वैठकले विश्व साइकल यात्री पुस्कर शाहलाई नेपाल फेस्टिभलको ब्राण्ड एम्बेसडर नियुक्त गर्ने निर्णय गरिएको छ । संस्थाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा अध्यक्ष टोनु घोतानेको अध्यक्षतामा सम्पन्न वैठकले उक्त निर्णय गरेको जनाएको छ । त्यसैगरी वैठकले अस्ट्रेलियामा भएको सुख्खा र खडेरीबाट पीडित किसनलाई आर्थिक सहयोग गर्नुका साथै अर्थ संकलन आगामी नोभेम्वरसम्म जारी राख्ने र स्थानीय वालगेट काउन्सिलको सहकार्यमा एक दिवसीय नेपाली खाना खुवाउने कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । वैठकमा संस्थाले आफ्ना सबै सदस्यहरुलाई परिचय पत्र अस्ट्रलिया भर नै बाँड्ने काम गरेको र सदस्यहरुलाई के कसरी विभिन्न फाइदा, सहुलियत र महत्व थप गर्दै जान सकिन्छ भनेर अध्ययन गरी कार्य्िवधि र सम्झौता पत्र निर्माण समिति संस्थाका उपाध्यक्ष श्री असोक के.सी.को नेतृत्वमा समिति निर्माण गरेको छ । साथै उक्त वैठकले वर्तमान विधानलाई परिमार्जन गरी नयाँ विधान निर्माण समितिमा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका तदर्थ विधान निर्माण गरी कार्य समितिमा सफलतापूर्वक पेश गरेका समितिका उपसंयोजक सुनिल भण्डारी र समिति सदस्य संस्थाका सचिव देव गुरुङ लाइ विशेष धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।