नेभिगेशन
खेलकुद

खेलकुदले समुदाय जोड्दै

अस्ट्रेलियाको नेपाली सामाज जतिजति विस्तार हँुदैछ त्यतित्यति यसले विभिन्न क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुत बनाउँदैछ । स्वास्थ्य, शिक्षा एवम् विभिन्न क्षेत्र जस्तै खेलकुदको क्षेत्रमा पनि नेपालीले मार्दै गरेको फड्कोलाई कम मान्नु हँुदैन । खेलकुद यो शब्दको उच्चारण गर्ने बित्तिकै सबैले बुझ्ने गर्दछन् कि मानवलाई मानसिक एवम् शारीरिक रुपमा स्वस्थ र स्फुर्त राख्नका लागि गरिने एउटा क्रियाकलाप । अब यो हाम्रो समाजमा खेलकुद एउटा क्रियाकलापमा मात्र सिमित रहेन । यसलाई समाजको तल्लो तहसम्म बिस्तार गर्न नेप्लिज रिक्रेसन क्लबले विगत पाँच बर्षदेखि खेल्दै आएको भूमिका कम्ति प्रसंसनिय छैन । ओसेनिया क्षेत्रमा रहेका खेलकुदप्रेमी नेपालीहरु लाइ एउतै चौतारीमा अटाउने गरेर सन् २०१३ देखि खेलकुदका विभिन्न गतिविधि गर्दै आएको एनआरसीको आयोजनामा हालै सिड्नीमा ओसेनिया ‘नेपाली स्पोटर््स मिट २०१८’ सम्पन्न भएको छ । इस्टर होलिडेको अवसर छोपेर सुरु गरिएको खेलकुदको यो मकुम्भ मेलाको मार्च ३० मा सिड्नीको एसफिल्डस्थित एसफिल्ड पब्लिक स्कुलमा उद्घाटन भएको थियो । फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, गल्फ, टेबल टेनिस, टेनिस र पाँच किलोमिटर म्याराथन लगायत नौ ओटा खेल समाबेस गरिएको यो प्रतिस्प्रधामा पाँच वर्ष देखि ६८ वर्ष उमेरका खेलाडीले भाग लिएका थिए । यी नौं खेलमा अस्ट्रेलियाको अलावा न्युजिल्याण्ड र पप्वा न्युगिनी (पिएनजी) का गरी कुल ८ सय ५ जना खेलाडीहरुले भाग लिएका थिए । एनएसडब्लुबाट मात्रै झन्डै ३ सय जना खेलाडीले भाग लिए भने पिएनजीबाट एक जना र न्युजिल्याण्ड बाट ६ जनाले भाग लिएका थिए । मार्च ३० तारिखमा सुरु भएर अप्रिल २ मा सम्पन्न भएको यो स्पोर्ट्स मिटमा समाबेस गरिएका खेलहरु सिड्नीका विभिन्न विभिन्न पार्क तथा स्पोर्ट्स क्लबहरुमा सम्पन्न गरिएको थियो । ओसेनिया क्षेत्रमा मिनी ओलम्पिकको रुपमा विकास र बिस्तार गर्ने लक्ष का साथ अगाडी बढाइएको यो खेलकुदको अभियानलाई यहाको नेपाली समुदायले साथ दिंदै र सहयोग गर्दै आएको छ । सन् २०२० मा राजधानी क्यानबेरामा ओसेनिया नेपाली स्पोर्ट्स मिटको पाँचौ संस्करण हुने गरी सम्पन्न भएको यसपटकको खेल सिड्नीका विभिन्न ११ स्थानमा भएको थियो भने ९ खेलका ३२ सब क्याटगोरिजमा बाडिएको थियो । तीन चार महिनाको अथक प्रयासबाट भब्य र सभ्य रुपले सम्पन्न भएको यो नेपालीहरुको खेलकुद महाकुम्भ मेला त्यत्तिकै सम्पन्न भएको छैन । यो प्रतियोगितामा सहभागिताको लागि हरेक राज्यमा रहेका नेपाली संघ सस्थाहरुको साथ र सहयोग लिएर खेलाडी र टिमको चयन गरिएको थियो । खेलाडीहरुले सम्बन्धित राज्यको मुख्य नेपाली सस्थाको ब्यानरमा आफुलाई प्रतिस्पर्धामा उतारेका थिए । भिक्टोरिया बाट ल्ब्ख्, क्वीन्सल्याण्डबाट ल्ब्त्त, वेस्टर्न अस्ट्रेलिया बाट ल्ब्ध्ब्, एसिटी बाट नेप्लिज फ्रेण्ड्स अफ सोसाइटी, नर्दन टेरिटोरीबाट नेप्लिज एसोसियसन अफ नर्दन टेरिटोरी, तास्मानियाबाट नेप्लिज सोसाइटी अफ तास्मानिया, साउथ अस्ट्रेलियाबाट एडिलेड समाज, न्युजिल्याण्डबाट एन एबिओपी र एनएसडब्लुबाट आयोजक संस्था ल्च्ऋ ले खेलाडी तथा टिमको चयन गरेको थियो । अस्ट्रेलियाको हरेक राज्य र न्युजिल्याण्ड अनि एल्न् मा एनआरसी अन्तर्गतको दुई÷दुई जना रहेको ब्यबस्थापन समितिले स्थानिय तहमा रहेका नेपाली सामाजिक संस्था र खेलाडीहरुसँग सरसल्लाह गरेर खेलकुदको ओभर अल अध्ययन गरेर टिम तथा खेलाडीको चयन गरेको थियो । यसरी समाजको तल्लो तहसम्म पुगेर खेलाडीको चयन गर्दा खेलकुदको गतिबिधि पनि तल्लो तहसम्म पुगेको अनुभव गर्न सकिन्छ । यसरी नेपाली समुदायमा रहेका तर खेलकुदको आफ्नो दक्षता देखाउन नपाएका खेलाडीहरुको लागि बाहिर आउने एउटा सुनौलो अवसर यो कुम्भ मेलाले पक्कै पनि मिलाउन सक्यो । सन् २०१३ मा सिड्नीबाट सुरु भएको यो खेलकुद अभियान २०१५ मा मेल्बर्न, २०१६ मा क्वीन्ल्याण्डमा सम्पन्न भएका थिए । हरेक संस्करणमा खेल र खेलाडीको संख्या बढ्दै गएको छ । २०१३ मा पाँच खेलबाट सुरु भएको यो खेलकुदको अभियान आजसम्म आइपुग्दा ९ खेलमा पुगेको छ र आगामी दिनमा पनि यो क्रम बढ्दै जाने देखिन्छ । यो क्षेत्रमा बसोबास गर्ने नेपालहरु बीच सामाजिक सद्भाव कायम गर्न यो अभियानले सकारात्मक भूमिका खेल्दै आएको छ । यो अभियानबाट खेलकुदप्रति चासो राख्ने नेपाली खेलाडीहरुको पहिचान गरी उनीहरुलाई स्थानीय, राज्य, राष्ट्रिय र अन्तरास्ट्रिय स्तरका प्रतियोगितामा भाग लिन सक्ने बनाउन हामीले खेलाडीहरुलाई आवश्यक तालिम र कोचिङ्गको ब्यबस्था गर्नुपर्ने आवश्यकता देखेका छौ । यसका लागि हामीले खेलाडीलाई आवश्यक सहयोग गर्न कुनै कसर बाँकी राख्दैनौ (एनआरसी अध्यक्ष बिष्णु हमालले भने । केही वर्षदेखि नेपाली समुदायको खेलकुद प्रतिको लगाव बढ्दै आएको छ । एनआरएनए अस्ट्रेलियाले पनि खेलकुदका गतिविधिलाई प्राथमिकतामा राखेको छ, त्यसैगरी ल्ब्थ्ब्, ल्थ्ँब् लगायतका संघसस्थाहरुले समेत खेलकुदका गतिविधिहरुलाई अगाडी बढाएका छन् । अझ विभिन्न फुटबल र भलिबल क्लबहरू बीच प्रायः हरेक विकेन्डमा हुने मैत्रीपूर्ण खेलले त नेपाली खेलाडीको खेल खेल्ने क्षमता र सीपको बिकासमा उल्लेख्य योगदान पु¥याउँदै आएका छन् । यो अभियानले खेलको माध्यमबाट एकआपसमा भाइचाराको मात्र विकास गरेको छैन हाम्रा दोश्रो पुस्ताका सन्तानहरु पहिलो पुस्ताका अग्रज अर्थात् अभिवाबकहरुसँग हेलमेल र चिनजान हुने सुनौलो अवसर प्रदान गर्दै आएको छ । यसबाट पुस्तान्तरणका कारण आउन सक्ने कठिनाइहरुलाई नजिकबाट केलाउन र बुझ्न सजिलो भएको छ । त्यति मात्रै होइन यहाँ जन्मिएका हुर्किएका नयाँ पुस्तालाई हाम्रो सामाज कस्तो छ, हाम्रा धार्मिक, सांस्कृतिक मूल्य र मान्यता के के हुन् भनेर नजिकबाट सिकाउन सकिने माध्यम समेत बनेको छ । अस्ट्रेलियामा हरेक हप्तामा कुनै न कुनै सामाजिक कार्यक्रम भइनै रहन्छ तर त्यस्ता कार्यक्रमले समाजलाई के दिएको छ र के दियो भन्नेतर्फ कसैलाइ सोंच्ने फुर्सद छैन । हामीले कार्यक्रम गर्नुपर्छ भन्दैमा त्यसले समाजलाई जुटाउन तथा सामाजिक हितमा कत्तिको योगदान दिन सकेको छ या सक्दछ भन्ने तर्फ अबका दिनहरुमा सोंच्नु पर्ने भैसकेको छ । प्रतियोगिताको नतिजा पृष्ठ ४९ मा प्रकाशित गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।