नेभिगेशन
अन्य

आज योग दिवस, सरकारी पदाधिकारी योगाभ्यासमा

काठमाडौँ । सधैँभरि प्रशासनिक कार्यव्यस्ततामा रहने मुख्य सचिव लीलामणि पौडेल आज बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा सबेरै योगाभ्यास प्रदर्शन गरी सबैलाई चकित पारे । पहिलो अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रम तथा राष्ट्रिय योग दिवसको प्रतीकचिह्न घोषणासभामा उनले योगाभ्यासको अत्यन्त कठिन मयूर आसन लामो समयसम्म गरेर देखाएको थियो । समारोहमा उपस्थित सबैलाई सूर्य नमस्कारलगायत विभिन्न खाले योगाभ्यास गराइएको थियो । संयुक्त राष्ट्र सङ्घले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यता प्रदान गरेको छ । नेपालले यसअघि नै प्रत्येक वर्ष पुस १३ गते राष्ट्रिय योग दिवस मनाउने घोषणा गरिसकेको थियो । केही संस्थाले भने शिवरात्रिका दिन योग दिवस मनाउने गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र सङ्घको ६९ औं साधारणसभालाई सम्बोधन गर्ने क्रममा यसको उद्गमथलो नेपाल र भारत भएको बारे बताउँदै योग दिवस मनाउने प्रस्तावलाई विश्वका १७० भन्दा बढी मुलुकले तत्कालै समर्थन जनाएका थिए । हिमालय पर्वत क्षेत्र सबैभन्दा पुरानो सभ्यतास्थल मानिने र कैलाश निवासी शिवबाट योग यही भूमिबाट प्रादुर्भाव भएको मानिन्छ । योगका सबैभन्दा बढी अभ्यासीमा नेपालका गोरखनाथलाई लिइन्छ । तपस्या र ध्यानको सबैभन्दा पवित्र पावन भूमि नेपाल हो भन्ने गरिँदै आएको छ । यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘शान्ति र सद्भावका लागि योग’ भन्ने रहेको छ । आजको दिन विश्वका करोडौँ मानिस योगको आह्वान गर्दै उपासनामा सलंग्न रहने अपेक्षा गरिएको छ । अहिले योगदर्शन विश्वभर फैलिएको छ । योगले जीवनलाई उत्कृष्ट बनाउन, तनावलाई कम गर्न, चित्त सफा तुल्याउन र संस्कार संस्थापित गर्न योगदान पु¥याउँछ । योगको साधना र फैलावट धेरै ठूलो भएकाले सबै क्षेत्रमा योगलाई समेट्नुपर्ने चुनौतीलाई सामना गर्न आयुर्वेद विभागअन्तर्गत एउटा स्वतन्त्र संस्था स्थापना गरेर योगका बारेमा शोध, अनुसन्धान र तालिम प्रदान गर्ने व्यवस्थाका लागि माग हुँदै आएको छ । खानपिन र जीवनशैलीमा आएको परिवर्तनसँगै योग साधना अहिले समाजको अपरिहार्य आवश्यकता बन्न पुगेको छ । योगले मानिसको मन, मस्तिष्क र समाजलाई जोड्ने काम गर्नाका साथै तन र मनलाई निरोगी बनाउने भएकाले यसको महिमा बढी नै रहेको योगसाधक राजु अधिकारी बताउछन् । आयुर्वेद विभाग मातहत हाल मुलुकका विभिन्न १३ स्थानमा योगाभ्यास केन्द्र सञ्चालनमा रहेको जनाइएको छ । मुलुकमा २०४८ साल चैतदेखि नरदेवी क्याम्पसमा योग अभ्यासको शाखा खोलिए पनि हाल सञ्चालनमा नरहेको बुझिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै