नेभिगेशन
अन्य

एसियाली विकास बैंकको सहयोगमा दश अर्बको परियोजना सञ्चालन

कञ्चनपुर । एसियाली विकास बैंंक (एडिबी)को सहयोगमा सुदूरपश्चिम क्षेत्रका चार नगरपालिकाको दीर्घकालीन विकासका लागि रु १० अर्बको सुदूरपश्चिम क्षेत्र सहरी विकास परियोजना सञ्चालनमा ल्याइएको छ । परियोजना कैलालीको धनगढी र अत्तरिया तथा कञ्चनपुरको भीमदत्तनगर र झलारी पिपलाडी नगरपालिकामा सञ्चालन गरिएको छ । खानेपानी, ढल निकास, फोहर मैला व्यवस्थापन, सडक तथा यातायात, भू–उपयोग र क्षेत्रीय विकासका क्षेत्रमा परियोजनाले कार्य गर्ने परियोजनाका सामाजिक आर्थिक सर्भेक्षक छाया झाले बताए । पहिलो चरणमा योजनाको छनोट, विस्तृत अध्ययन र लागत अनुमानको कार्यलाई अगाडि बढाइने छ । चारवटै नगरपालिकामा सामाजिक आर्थिक सर्भेक्षणको कार्यअन्तर्गत नगरपालिकाको क्षेत्रीय विकासका लागि पूर्वाधार तथा अन्य आवश्यकताको पहिचान गर्न, नगरस्तरीय सेवाहरुको पहुँचमा महिला गरिब तथा वञ्चितीकरणमा परेकाहरुले सामना गर्नुपरेका बाधा पहिचान गर्न र नगरपालिकाबाट प्रदान गरिने सेवामा गर्नुपर्ने सुधारका उपायहरु अवलम्बन गर्न सरोकारवाला निकायसँग छलफलको कार्यलाई अगाडि बढाइएको छ । यसै कार्यअन्तर्गत नगरपालिकाको घरधुरी सर्भेक्षणको कार्यलाई समेत अगाडि बढाइएको छ । चारवटै नगरपालिकालाई नमुना नगरपालिकाका रुपमा विकास गर्ने परियोजनाको लक्ष्य रहेको सर्भेक्षक सुरेश दाहालले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्