नेभिगेशन
अन्य

सरकार आफैंले ग्यास बिक्री गर्दै

building1काठमाडौं । व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको आरोप लागि लागि रहेका बेला सरकार आफैंले आइतबारबाट खाना पकाउने एलपी ग्याँस बिक्री गर्ने भएको छ । काठमाडौका उपभोक्तालाई लक्षित गर्दै आइतबारदेखि सरकारले नेशनल ट्रेडिङमार्फत ग्याँस विक्री गर्न लागेको हो । बजारमा ग्याँसको आपूर्ति सहज नभएको गुनासो आएपछि आइतबारदेखि ट्रेडिङको प्राङगण टेकुबाट विभिन्न कम्पनीको ग्याँस विक्री हुने नेपाल आयल निगमले जनाएको छ । पुराना सिलिण्डर भएकालाई मात्र विभिन्न २४ ग्यास उद्योगबाट उत्पादित ग्याँस विक्री गर्ने तयारी सरकाले गरेको हो । विशेषतः एउटा मात्र सिलिण्डर भएका उपभोक्ताहरुलाई लक्षित गरी सरकारले उक्त कार्यक्रम ल्याएको हो । यस्तो व्यवस्था ग्याँसको अभाव नहट्दा सम्म रहिरहने र दुई चार दिनभित्रै ग्याँसको सहज आपूर्ति भइसक्ने निगमको दावी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्