हामी समाचार सुन्थ्यौ, अस्ट्रेलियाका बिमानस्थलमा ग्रुन्द्रुक र सुकुटी , छुर्पी ल्याउदा नेपालीलाई जरिवाना तिरायो भनेर । हुन त हामी नेपालीहरु स्वादे जिब्रोका रुपमा पनि परिचित छौ ।
कतिपय देशमा हाम्रा खानेकुरा प्रतिवन्ध समेत थिए । तर अहिले अस्ट्रेलियामा नेपाली समाज बढेसँंगै अवस्थाले कोल्टे फेरेको छ । काठमाडौमा बिरलै पाइने नेपाली खाद्यान्न यतिबेला सीडनीका नेपाली बजारहरुमा सहजै पाइन्छ ।
मार्सी चामल होस या मुस्ताङको थकाली दाल, फापरको पीठो वा मकैको च्याख्ला । इलामको डल्ले खुर्सानी या लेकको सीमी अथावा तामा र गुन्द्रुक । यता नपाइने कुरा केहि छैनन ।
यतिबेला सीडनी केन्द्रित रहेर तिन स्याङजाली ठिटाहरुले मुन लाइट बजारका रुपमा अस्ट्रेलियामा ढ्याग्रों ठोकेका छन । जेठा भेषराज मायला तोया र कान्छा प्रकाश भट्टराइले सीडनीका ग्रानभिलमा दुइ वटा, मक्वारी पार्कमा, बरउडमा र मेरील्यान्डमा गरी सीडनीमा मात्र पाँंच वटा मुन लाइट बजार संचालनमा ल्याएका छन । नेपाली स्वाद र नेपालीपनको पारखीका लागि उनिहरुले तास्मानियाको होवार्टमा समेत एउटा स्टोर चलाएका छन ।
मासुमा खसी, लोकल कुखुरा र बदेलका मासुदेखि ससेजसम्मको ब्यापार गर्ने मुनलाइटले तरकारीसँंगै हरेक खाले नेपाली खानाहरु बजारमा पस्कीने गर्दछ ।
करिब नेपाली बिस करोडको लगानीमा सन्चालनमा रहेका यी मुनलाइट नेपाली बजार सर्वसुलभ र बजारमुल्यको कसीमा निकै अब्बल ठहरिदै आएका छन । शनिबार सीडनीको ब्यस्त
बजार बरउडमा मुनलाइटको नया स्टोरको उदघाटन गरियो । कोरियन र चाइनिजको बाुहल्यता रहेको यो क्षेत्रमा नेपाली विध्यार्थीहरुको पनि उपस्थीत रहेको छ ।
बहुसांस्कृतिक अष्ट्रेलियामा नेपाली समुदाय, तुलनात्मक रुपमा नयाँ, गतिशील र मर्यादित समुदायको रुपमा चिनिन्छ यस कारण पनि हाम्रा व्यबशायहरुमा सबैको न्यानो माया प्राप्त गरेको महशुस गरेका छौ , पेशाले एकाउन्टेट प्रकाश भट्टराइ भन्छन । यति मात्र होइन यसै हप्ता मासुको मात्र मुन लाइट बुचरीपनि मेरिल्यान्डमा खुल्दै गरेको प्रकाशले बताए । हाम्रो उद्देस्य भनेको सर्वसुलभ र बजार मुल्यमा नेपालीलाई बिक्री बितरण गर्नु हो, प्रकाशले सुनाए ।
अष्ट्रेलियामा नेपालीहरुको बसोबास सत्तरी को दशकमा शुरु भएतापनि नब्बेको दशक पछि नेपालीहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको पाईन्छ। अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा नेपाली समुदायको बसोबास ठुलो हिस्सामा ग्रेटर सिड्नीको सेरोफेरोमा नै रहेको छ । यसै कारण पनि हामीलाई हाम्रो खाना र हाम्रो स्वादको बजार बिस्तार गर्न संभव भएको हो, अर्का भाइ तोया भट्टराइ बताउछन । हामी तिहारमा मखमलीको माला होस या छठमा नरिवल वा दशैमा खसी वा अन्य कोदो ,फापर, च्याख्ला सबै चिज एकै ठाउमा खोजेको बेला रोजेर लान पाइयोस भन्ने बिश्वास राख्छौ, तोयाले भने ।
अध्ययनको सिलसिलामा आएका अधिकांश नेपालीहरु आजभोलि स्थायी बसोबाससंगै विविध पेशागत क्षेत्रमा आफ्नो वर्चस्व स्थापित गर्न सफल समेत भएका छन् । तरपनि कतिपय युवाहरु भने
पेशा भन्दा ब्यापार व्यबशायमा रमाउन थालेका छन । मिहिनेत गरे आम्दानीका हिसाबले कसिलो र रसिलो हुने हुनाले युवाहरु हरेक खाले व्यबशायमा आकर्षित हुन थालेका हुन ।
नेपाली समुदायको वृद्धि संगै धेरै नेपालीहरुले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा आर्थिक र सामाजिक रुपमा महत्वपुर्ण योगदान पनि दिन सफल भएका छन् । यस्तै क्रममा अहिले सीडनीमा नेपाली व्यबशायहरुमा हवात्तै बृद्धी पनि भएको हो, जेठा भेषराजले बताए । दैनिकी उपभोगको सामानहरु हाम्रो समाजको पहिलो प्राथमिकता पनि हुन ।
त्यसमाथि स्वादे जिब्रो हाम्रो अलग पहिचान पनि हो । अस्ट्रेलियामा नेपाली समाज बढेसगै बिषयहरुमा पनि हाम्रो स्वाद र परिकारका टडकारो आवश्यकता महशुस गरियो । तर अहिले आएर त्यस्तो छैन । तपाइले खाजेको र रोजेको नेपाली परिकार सीडनीमा सहजै पाइन्छ । कतिपय काठमाडौमा बिरलै पाइने स्वादपनि यता सहजै पाइने गर्दछ, भेषराज भन्छन। बुबा लक्ष्मीपति भट्टराइ र माता बिष्णुदेबि भट्टराइको सोच र संस्कारले आफुहरुलाई पढाइ भन्दा व्यबशायमा आकर्षीत गरेको भट्टराइ बन्धु बताउछन ।
यो व्यबशाय यतिबेला सबैको लागि रोजेको र खोजेको पेशा बनेको छ, किनभने हामीलाई आवश्यक पर्ने हरेक बस्तु सहजै पाउनु हाम्रा लागि खुसीको बिषय हो । पछिल्लो हप्ता सीस्नोको साग र चम्सुरको साग र मुन्टा सीडनीमा खान पाइयो, यो भन्दा रमाइलो कुरा के हुन सक्ला, ग्रानभिल नेपाली समाजका अध्यक्ष भिम बस्नेतले बताए ।