नेभिगेशन
खेलकुद

सेण्ट जर्ज क्लबले जित्यो सहारा कप

सिड्नी । सहारा क्लब अष्ट्रेलियाको आयोजनामा संञ्चालन  भैरहेको सहारा कप फुटबल प्रतियोगिताको उपाधि सेण्ट जर्ज क्लबले आफनो पोल्टामा पारेको छ । लिग कम नक आउटका आधारमा खेलाइएको प्रतियोगिताको फाइनलमा दि राइजिङ्ग गोर्खाज(टीआरजी) क्लबलाई १ज्ञ०को अन्तरले हराउदै सेण्ट जर्ज क्लबले रनिङ शिल्ड हात पारेको हो ।
दोस्रो हाफको सुरुआतसँंगै केहि आक्रमण बनेको सेन्ट जोर्जको शुसान्त कुवरले निर्णायक गोल गर्दै उपाधि क्लबको नाममा लेखाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलको आठौ मिनेटमा दि राइजिङ्ग गोर्खाजका स्ट्राइकरले वन भर्सेज वन गोल मिस गरेपछि टीआरजीले अग्रता गुमाएको थियो । मध्यान्तर अगाडि दुबै टिमले गोल गर्ने केहि सुनौला अवसर गुमाएका थिए ।


मध्यान्तरपछिको खेल केहि रफ एन्ड टफ हुन पुग्यो । दुबै टोलीका खेलाडीले पडकाएर खेल्ने शैली अपनाएपछि टीआरजीको आपसी सन्तुलन बिग्रन पुगेको थियो । यसै अवसरको फाइदा लुटदै सेण्ट जर्जले मिस पासलाई ट्याकल गर्दै निर्णायक गोल गरेको थियो । खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता शुसान्त कुवर घोषित भए भने टीआरजीका प्रवेश रन्जित म्यान अफ दि सिरिज चुनिए ।
 यस्तै फाइनल अगावै सहारा अस्ट्रेलियाका संस्थापक राजमान थकालीको स्मृतीमा आयोजित मैत्रिपुर्ण फुटबल खेलमा सहारा अस्ट्रेलियाले नेप्लीज ठन्डर्सलाई ३)२ले पराजित गरेको थियो ।


सिड्नीका  फुटबलका पहिलो पुस्ता सम्मिलित मैत्रिपुर्ण खेलमा एन्फा अष्ट्रेलियाका पदाधिकारी मैदानमा उत्रेका थिए । सहाराको कप्तानी एनआरएन अष्ट्रेलियाका सचिब कल्याण खड्काले गरेका थिए भने कपील खत्रीले गरेका थिए । सहाराको तर्फवाट सुमितकाजी श्रेष्ठले एक गोल र प्रनिशले दुइ गोल गरेका थिए । थन्डर्सको तर्फवाट दिनेश अमात्य र बिनम हाडाले एक एक गोल गरे ।
प्रतियागिताका विजेता खेलाडीलाई एन्फा अष्ट्रेलियाका अध्यक्ष बिजय राउत, पुर्व अध्यक्ष विजेन बटाजु, सहारा अस्ट्रेलियाका अध्यक्ष सीद्धार्थ पौडेल, एनआरएन अष्ट्रेलियाका सचिब कल्याण खड्का ,शैक्षिक ब्यबसायी राम श्रेष्ठ, तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपती गुरुङ,सहाराका इश्वर पहारी, एनआरएनएका पुर्व अध्यक्ष नन्द गुरुङलगायतले खेलाडीहरुलाई ट्रफी नगद तथा प्रमाणपत्र बितरण गरेका थिए । विजेता टोलीलाई रनिङ शिल्ड सहित तिन हजार अस्ट्रेलियन डलर र उप विजेतालाई एक हजार डलर नगद प्रदान गरिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
एक्सपर्ट कप फुटबलमा १६ टीम

एक्सपर्ट कप फुटबलमा १६ टीम

पहिलो पटक दर्शकलाई समेत पुरस्कार