नेभिगेशन
कला/शैली

अस्ट्रेलियामा तीजको रन्कोले छपक्कै छोप्यो (फोटो फिचर सहित )

नेपाली कलाकारहरुको ओईरो

सिड्नी । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर अस्ट्रेलियाका प्राय सबै राज्यहरुमा गीत संगीत र मनोरंजनात्मक कार्यक्रमका साथ तीज मनाउने क्रम सुरु भै सकेको छ । हरितालिका तीजको मौलिक महत्व र सास्कृतिक महत्व झल्काउने र अस्ट्रेलियामा रहे नेपाली चेलिहरुलाई झमघट गराई माइतिको तिर्सना मेटाउने प्रयास स्वरूप नेपाली समुदायको बसोबास रहेका राज्य मात्र होइन सबर्ब र टोलहरुमा समेत तीज कार्यक्रमहरु गरिदै छन् । नारी निकुञ्ज अस्ट्रेलियाद्वारा तीज कार्यक्रम सम्पन्न तीजको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको महिला विभाग नारी निकुञ्जले १२ अगस्ट शुक्रबार साँझ सिड्नीको क्याम्सी स्थित ओरियन फंसन सेन्टरमा तीज बिशेस कार्यक्रम गर्यो । नेपालकी चर्चित गायिका मन्जु पौडेलले उपस्थित चेलीहरुलाई आफ्नो प्रस्तुतिबाट भरपुर मनोरंजन दिएकी थिईन । नारि निकुञ्जले तीजको अवसर परेर हरेक बर्ष नेपाली संस्कृतिको जगेर्ना मात्र नभई परोपकारी कार्यका लागि समेत तीज मनाउँदै आएको छ । नारीनिकुञ्जले अष्ट्रेलियाका सबै राज्यमा सम्बन्धित राज्य संयोजक समितिको आयोजनामा कार्यक्रम गर्दै छ । निकुञ्जका अनुसार सिड्नी, एडिलेड, पर्थ, तास्मनिया लगायतका विभिन्न शहरमा परोपकारी तीज विशेष कार्यक्रमको आयोजना गरिने छ ।

नारी निकुञ्जले परोपकारी उद्द्देश्य सहित आयोजना गरेको यस्ता कार्यक्रम मार्फत संकलित रकम नेपाली ग्रामिण भेगका ३ सय भन्दा बढी महिलाहरुलाई अंग खस्ने रोगको उपचारमा सहयोग गरिसकेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रममार्फत संकलित १८ हजार २ सय ५७ अस्ट्रेलियन डलर दोलखामा निर्माणाधिन महिला तथा वालवालिका अस्पतालमा सहयोग स्वरुप उपलब्ध गराएको सो सस्थाले जनाएको छ ।

गुल्मी सामाजद्वारा तीज धमाका आयोजना तीजकै अवसरमा अगस्ट १३ तारिख शनिबार साँझ गुल्मी समाज अस्ट्रेलियाले सिड्नीको रक्डेलस्थित ईन्द्रेणी फंसन सेन्टरमा भएको "तीज धमाका "मा नेपालका प्रख्यात कलाकारहरु पशुपति शर्मा र मन्जु पौडेलले आ आफ्नो गीत संगीत मार्फत कार्यक्रमका सहभागीहरूलाई भरपूर मनोरन्जन दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता एबम गुल्मेली नेता डा चन्द्र भण्डारी , एनआरएनका प्रतिनिधिहरू एबम नेपाली समुदायका प्रतिनिधिहरूको सहभागीताले कार्यक्रमलाई थप ओझिलो बनाएको सो सस्थाकी अध्यक्ष कमला बस्नेतले बताईन ।

नेपाल न्युज अस्ट्रेलियासंग कुरागर्दै बस्नेतले तीजको अवसर पारेर परोपकारी उद्देश्यले आयोजना गरिएको यो कार्यक्रममा संकलित रकम गुल्मी जिल्लाका अपाङ्ग तथा असहाय बाल बालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिने बताईन । कार्यक्रमलाई सम्पन्न गर्न सहयेग गर्ने उदार मन भएका दाताहरूप्रति गुल्मी समाज अष्ट्रेलियाले हार्दिक धन्यबाद समेत दिएको छ । यसैबीच सोहि साँझ रक्डेलस्थित झरना फंसन सेन्टरमा दिदिबहिनि तिज साँझ २०२२ को आयोजना गरियो । सो कार्यक्रममा नेपालबाट आएकी कलाकार एलिना चौहान , रमेशराज भट्टराई स्थानिय कलाकारहरु बिन्दु पौडेल ,आभृति भुसाल ,लगायतका कलाकारहरुले गीत संगीत प्रस्तुत गरेका थिए ।

हर्स्ट्भिल स्थित मराना अडिटोरियममा मायालु तीज मेला हुदै छ सो कार्यक्रममा कलाकारहरु प्रकास सपुत,प्रिती आले ,करिस्मा ढकाल र समिर आचार्य लगायतका कलाकारहरुले संगीत प्रस्तुत गर्ने छन् । त्यसैगरी तीजकै अवसर पारेर रुपन्देही सामाजिक संजालले पनि यहि अगस्ट २० तारिख तीज धमाका कार्यक्रम गर्ने भएको छ । रक्डेल को इन्द्रेणी फंसन सेन्टरमा हुने सो कार्यक्रममा कलाकारहरु शान्तीश्री परियार र खुमन अधिकारिले गीत संगीत प्रस्तुत गर्ने सो सस्थाले जनाएको छ । सस्थाका अनुसार अनाथ तथा असहाय र फरक क्षमता भएका बाल बालिकाहरुको सहयोगार्थ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

यसै बिच हिन्दू नारीहरुको महान् चाड हरितालीकाको अवसर पारेर नेपालबाट बहुचर्चित गायक पशुपति शर्मा सबैकी प्रिय बन्न सफल चर्चित गायिका रचना रिमाल ,नेपाली स्ट्याण्डप कमेडीयन सुवोध गौतम र चर्चित सिरियल मेरी बास्सैका का“कु अर्थात दिपक आचार्यले अस्टेलियाका विभिन्न सात वटा शहरहरुमा आफ्नो सागीतिक प्रस्तुती दिएका थिए । केबिसी न्युज अस्टेलियाको आयोजनामा ती शहरहरुमा भव्य रुपमा तीज कार्यक्रम सम्पन्न गरियो । यता सिड्नीमा अगष्ट १३ तारिकका दिन शनिवार ग्रान्भिल स्थिति टाउनहलमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको आयोजनामा भव्य तीज कार्यक्रम सम्पन्न भयो । प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत केसीले अस्ट्रेलियन नेताहरुलाई समेत निमन्त्रणा गरेर नेपाली मौलिक कला संस्कृतिका वारेमा थप चिनारी दिने काम गरिन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/शैली
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।