थप कला/शैली
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
हिमाल चढ्ने धुनमा रन्थनिएका सन्जयले राज्य, संस्था अनि ब्यक्ती गुहार्दै हिडे । बाहुनको छोरोको सेभेन समिट अभियान कठिन मात्र हैन असम्भव नै थियो । करिब डेढ बर्षको प्रयासमा सन्ज्यले घरबार धितो राखेर पनि अन्र्टाटिका चढने निधो गरे । यसै बिच साना तिना सहयोगको क्रममा उनि पुगे ,टीबीएस ग्रुपमा । सुनेका थिए ,गोरखाको तान्द्राङका एक जना नेपाली जसले जापान थर्काएका छन भनेर
एनआरएन ग्लोबलका उपाध्यक्ष समेत रहेका टीबिएस ग्रुपका प्रमुख भवन भट्टको समिपमा पुगेका सन्जयले उनिवाट सहयोगसँंगै उत्साह र उमंग पाएको अनुभव गरे । उनलार्य लाग्यो धन मात्र हैन ,मनले पनि मािनश ठुलो हुनुपर्छ भनेर । सन्जयले एकपछि अर्को जिवनका सफलताका खुटकिलाहरु उक्लेका कथाहरु पढे । अनि उनलाई लाग्यो साच्चीकै भवनलाई पनि तनले नभएपनि मनले भएपनि शिखर पुर्याउने सोच बनाए । के थियो उनको साहसिक यात्रामा भवनको फोटो र उनको बिश्वब्यापी नारा अतिथि देबो भवको ब्यानर लिएर पुगे अन्टार्टीकाको भिन्सो मासिफ ।
मलाई लाग्यो एउटा नेपालीले बिदेशमा गएर कमाएको ख्याती र उसले गरेका राम्रा कार्यको प्रशंसा गर्नुपर्छ । त्यसैले मलै उनको फोटो र नारा अंकित ब्यानर को टाकुरामा फर्फराए । अतिथी देबो भव नारा लिएर बर्षेनी हजारौ पर्यटकलाई नेपाल भित्राउने उनको योजना र जापानमा गएर एउटा नेपालीले कमाएको सफलतालाई मैले अन्टार्टीकाको चुचुरोमार्फत सम्वोधन गरेको हुँं । सन्जयले आफ्नो प्रतिक्रिया यसरी दिए ।
मािनश तनले धेरै ठाउमा चाहेर पनि पुग्न सक्दैन तर उसको सामािजक र आर्थिक कार्यले उसलाई मनको माध्यमवाट पनि त्यहा पुरयाउने गरीन्छ । बिश्व्ब्यापी चलन छ,कयैन राजनेताहरुले डाक्टरको पदवी पाएको र मानार्थको उपाधि धारण गरेको । यो एउटा अलग र फरक प्रसंग पनि हो, तपाइको असल कार्यले अरुको मन जित्दै गर्दा कमाउने ख्याती बेग्लै र मनमोहक हुने गर्छ ।
सातौ महादेशका रुपमा चिनिएको चिसो अन्टार्टीकाको भिन्सोन मासीफको सफल आरोहण गरेपछि सन्जयले नेपालको झण्डा पनि फहराएका थिए । कहिले उल्टो हिमाल चढेर होस वा कहिले हिमालमा अर्ध नग्न भएर किर्तिमान राखेका संजयले यसपटक भादगाउले टोपीका साथ अन्टार्टीका टाकुरा चढेका थिए ।