थप कला/शैली
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
कार्यक्रममा गजुरेलसँंगै चर्चित मोडल तथा गायिका इन्दिरा जोशीको पनि विशेष आकर्षक गीत संगित रहनेछ । गायिका इन्दिराले यस पटक केहि राम्रो कार्यको लागि स्टेजमा उत्रन लागेको हुँंदा केहि फरक प्रस्तुती हुने बताइन् । कलाकारलाई राज्यको गहनाको उपमा दिएता पनि कलाकार आफैले आफ्ना हक र अधिकारको लागि आफ्ना कलाकारिकतामा अझ बढी निखार ल्याउन पहल गर्नुपर्ने बताइन् उनले भनिन्– हामी सडक आन्दोलन हैन् दर्शकहरुको माया र ममता खोज्दै हाम्रो अभियानको थालनी गर्न सक्नुपर्छ ।
कार्यक्रममा ब्रिज दि ग्याप नेपालका सल्लाहकार कृष्ण श्रेष्ठले संस्था फरक र अलग पहिचानवाट अगाडि बढेको बताए । श्रेष्ठले भने मुलुकको शिक्षा क्षेत्रमा रही आएको खाल्डो पुर्ने हाम्रो सानो प्रयास हो । कार्यक्रममा नेपालका केही जिल्लामा शुरु गरिएता पनि पछि भविष्य यसको कार्य क्षेत्र नेपाल भरि नै विस्तार गर्ने सोच रहेको बताए । उनले भने– स्थानियवासीसँगको सहकार्यमा जहाँ आवश्यकता बढी छ त्यहाँ त्यहाँ काम गर्दैछौं । हाम्रो कार्यक्षेत्र कुनै निश्चित जिल्ला मात्र नभएर जहाँ शिक्षालागि विद्यालयको छानो छैन् त्यहाँ हाम्रो पहिलो प्राथमिकतामा पर्ने बताए ।
संस्थाका अध्यक्ष शिव श्रेष्ठले सन २०१७ को मार्च महिना भित्र स्कुल पुननिमार्ण गरी हस्तान्तरण गरिने योजना रहेको बताए । भुकम्पले पूर्ण क्षती भएको सो स्कुलका लागि करिब ४५ हजार अस्ट्रेलियन डलर खर्च हुनृ अनुमान गरिएको छ । स्कुलको पूर्ननिर्माण सम्पन्न भएपछि विद्यालयको उद्घाटन कार्यक्रममा मनोज गजुरेल र इन्दिरा जोशी समेत सहभागी हुने उनीहरुले बताएका छन् ।