नेभिगेशन
नेपाल समाचार

 थाइ एयर एसियाले बैंकक-भैरहवा र बैंकक-काठमाडौंका लागि उडान अनुमति पायो 

451829640_1482987645920477_7624322934452193264_n-1722591956.jpg
 

काठमाण्डौ । एयर एसिया समूहको लगानी रहेको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले बिहीबार भैरहवामा उडान गर्ने अनुमति पाएसँगै अब थाइ एयर एसियाले सातामा तीन दिन काठमाडौं र चार दिन भैरहवाबाट उडान गर्ने भएकाे हो ।
सेप्टेम्बरबाट एयर एसियाले नेपालका लागि दैनिक उडान अनुमति माग गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । थाइ एयर एसियाको मूल कम्पनी एयर एसियाले मलेसियाबाट उडान गर्दा काठमाडौं विमानस्थलको बक्यौता नतिरी बाहिरिएको थियो ।

करिब २४ करोड बक्यौता रहेकाले थाइ एयर एसियामार्फत् नेपाल फर्किन चाहे पनि पुरानो बक्यौता नतिरी उड्डयन प्राधिकरणले उडान अनुमति दिएको थिएन । प्राधिकरणका अनुसार पछिल्लो केही महिनादेखि उक्त एयरलाइन्सले नियमित किस्ता बुझाइरहेको छ ।
थाइ एयर एसियाले हाल बैंककबाट हङकङ, चीन, कम्बोडिया, सिंगापुर, भारत,  भियतनाम, इन्डोनेसिया, लाओस र श्रीलंकालगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...