थप कला/शैली
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिटको तयारी तीव्र
- पर्थमा गुञ्जिँदैछ नेपालीपन, अक्टोबर १० शनिबार हुँदैछ नेपाल महोत्सव
- डब्बोकी आन्या सुमन कोइरालालाई NSW Young Volunteer of the Year सम्मान
- स्वास्थ्य र सामाजिक सचेतनामा जोड दिँदै दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाको कार्यक्रम सम्पन्न
- साउथवेस्ट नेपाली समाजमा चन्द्रको नेतृत्व
गैर आवासीय नेपाली संघका उपाध्यक्षसमेत रहेका भट्टले विश्वका ७५ देशमा गैर आवासीय नेपालीको सञ्जाल रहेको सन्दर्भ उल्लेख गर्दै नेपालको शैक्षिक विकासमा गैर आवासीय नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्न सकिने बताए ।
“अहिलेको युगमा सरकारले सबै क्षेत्रमा लगानी गरेर सम्भव हुँदैन, नाफामूलक र लोककल्याणकारी गरी क्षेत्रहरू छुट्याउनु पर्छ,” एनआरएन आईसीसीका उपाध्यक्ष भट्टले भने, “जापान, कोरियासहितका केही विकसित देशहरूमा निजी क्षेत्रले विद्यालय पूर्वाधार बनाएर सरकारलाई हस्तान्तरण गर्ने अनुभव छ, नेपालका सन्दर्भमा त्यो मोडल लागू गर्न सकिन्छ ।”
उनले भूकम्पले भत्काएका करिब एक हजार विद्यालय भवनहरूलाई सार्वजनिक–निजी साझेदारीको मोडलबाट निर्माण गर्न सकिने बताए ।
कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्र सुधार परियोजनाअन्तर्गत सरकारले गाउँगाउँमा विद्यालयहरू खोल्न थाले पनि अभिभावकहरू भने गुणस्तरीय शिक्षाको खोजीमा सहर वा सदरमुकाम पस्ने प्रवृत्तिमा सुधार ल्याउन सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिए ।
बीबी ट्रस्टका संरक्षक यदु भट्टले सामुदायिक विद्यालय भन्दैमा सबैको गुणस्तर कमजोर हुन्छ भन्ने सोच्न नहुने भन्दै गोरखाबाट प्रवेशिका परीक्षामा उत्कृष्ठ अंक ल्याउने दुवै विद्यार्थी सामुदायिक विद्यालयकै हुनुले इच्छाशक्ति हुने हो भने यस्ता विद्यालयहरूबाट उत्कृष्ठ जनशक्ति जन्माउन सकिने बताए ।