थप कला/शैली
विद्वत्ता उपर कहिल्यै घमण्ड नगर, घमण्डले विद्वत्तालाई नष्ट गरिदिन्छ
शनिबार, पुस २७, २०८१
सम्झनाले बोकेको त्यो सारी ....
बुधबार, पुस १७, २०८१
के हो मेलमिलाप दिवस ? किन छ सान्दर्भिक ?
बुधबार, पुस १७, २०८१
अष्ट्रेलियाको प्रोपेर्टी मार्केट २०२४ के भयो २०२५ के होला ?
बुधबार, पुस १७, २०८१
भर्खरै
- एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिटको तयारी तीव्र
- पर्थमा गुञ्जिँदैछ नेपालीपन, अक्टोबर १० शनिबार हुँदैछ नेपाल महोत्सव
- डब्बोकी आन्या सुमन कोइरालालाई NSW Young Volunteer of the Year सम्मान
- स्वास्थ्य र सामाजिक सचेतनामा जोड दिँदै दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाको कार्यक्रम सम्पन्न
- साउथवेस्ट नेपाली समाजमा चन्द्रको नेतृत्व
गणेस घीमीरे
गाढा नीलो पानीको मेलोडी भुलेर
म चुपचाप
हिन्द महासागरको डिलमा
आफैँ ढलेको
हेरिरहेछु ।
हिउँदको म्यापल ट्री झैँ
खङ्ग्रङ ठडिएका
आइफल टावर, बुर्ज खलिफाहरू हेर्दा लाग्छ
उभिएका सबैसँग
जीवन नहुनसक्छ ।
अक्षर नगोडेकी बुढी हजुरआमाले
उल्टो किताब पढे जस्तै
सबथोक बेठिक देखिन्छन्
खबर बनेकाहरू
आफ्नै बारे बेखबर छन्
र
रेडियो र टेलिभिजनहरू
अप्रिय समाचार घोकाइरहेका भेटिन्छन्
उता
नानीहरू
गृहकार्य गर्दैनन्
उनीहरूका मनमा
बाँसको तामा जसरी आतंक हुर्किरहेछ ।
जसरी आगोले खाएको पाँच हात लामो प्लास्टिक
पाग्लिएर दुई अमलमा झर्छ
खुम्चिएर संसार
पर्खालको चार सुरभित्र साँगुरिएको छ।
बन्दिगृह घरजस्ता र
घर बन्दीगृह हुँदैछन् ।
अप्ठ्यारोमा कोही कसैको हुँदैन
अलिकति भेटी चढाएर धेरै माग्ने
भक्तजनहरू मन्दिरमा देखिँदैनन्
सायद मन्दिरबाट भगवान पनि भागे
सडकमा गाडीहरू छैनन्
हिजोआज
सडकमा बेरोकटोक मृत्यु मात्र गुद्छ ।
विश्वासको अनिकाल बोकेर
चुम्बकका बिपरित ध्रुब बनेका मान्छेहरु
जबर्जस्ती प्रेममा इरेजर चलाइरहेका छन् ।
यतिबेला
बर्लिनको पर्खालजस्तै
देशका सिमाना कमजोर भएका छन्
र सिमानाभित्र
एटम बम त्रासदी
भेन्टिलेटरमा अक्सिजन पिइरहेछ ।
न्युयोर्कको निधारमाथि उभिएको
वाल स्ट्रिट भर्चुअल ग्राफ
भत्किएसँगै
लाग्छ
यतै कतै कवि रिमाल गाइरहेछन्
"एक जुगमा एक दिन एक चोटिआउँछ।"
पेष्ट सकिएको टुथपेष्टको खोललाई
जबर्जस्ती निचोरेर झारो टारे झैँ
अन्योलको चाङ्गमाथि
जीवन खोज्न
म अहिले
“ब्याल्क डेथ” समय
बाँचिरहेको छु ।