नेभिगेशन
LEADING_MAIN

मेलबर्नमा भोलि हुने नेपाल महोत्सबको तयारी पुरा


सिड्नी ,९ सेप्टेम्बर । एनआरएनएए भिक्टोरिया राज्य समितिको आयोजनामा भोलि हुने नेपाल महोत्सबको तयारी पुरा भएको छ । एनआरएनएए भिक्टोरिया राज्य समितिका संयोजक एबं एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष हरि खड्काले नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै मेलबर्नको ऐतिहासिक स्थल फेडेरेसन स्क्वायरमा हुने नेपाल फ़ेस्टिभलले अस्ट्रेलियामा नेपाली कला, सस्कृति र पर्यटन प्रबर्द्धन गर्ने बताए । एन आर एन ए अस्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा स्थापित भै सकेको नेपाल महोत्सब कार्यक्रम अस्ट्रेलियाको हरेक राज्यमा हरेक दुई दुई बर्षमा हुदै आएको छ ।
नेपाली भेषभुषा झल्कने विभिन्न जनजातिको पहिरनमा सजिएर नेपालीहरु भोलि बिहानको परेडमा सहभागी हुने कार्यक्रम छ । अस्ट्रेलियाका लागि नेपालका राजदुत कैलास राज पोखेरलको प्रमुख आतिथ्यतामा हुने सो महोत्सवमा बिशेष अतिथिको रुपमा भिक्टोरिया राज्यका उर्जा तथा बातावरण मन्त्री लिली डी एम्रेसियो, शिक्षा तथा महिला मन्त्री नाताली हचिन्स लगायत २० जना सांसदर ६ जना मेयर हरुले सहभागिता जनाउने छन् । कार्यक्रममा अस्ट्रेलियाका विभिन्न राज्यका नेपाली महाबाणिज्य दुतहरु र भारत ,बंगलादेश र पाकिस्तान लगायत दक्षिण एसियाली मुलुकहरुका महाबाणिज्य दुताबाका प्रतिनिधिहरुले सहभागिता जनाउने बताइएको छ । अस्ट्रेलियामा नेपाल र नेपाली लाई चिनाउने मुख्य उद्देस्य साथहुन लागेको यो महोत्सवमा ४६ ओटा स्टल राखिने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।