थप अन्य
प्रधानमन्त्री सुशिला कार्की र अष्ट्रेलियाली राजदुत लिअन जोनस्टन बीच भेटवार्ता
बिहीबार, असोज ३०, २०८२
विराटनगरबाट सुशीला कार्की छैटौँ प्रधानमन्त्री
शनिबार, भदौ २८, २०८२
प्रतिनिधिसभा विघटन, फागुन २१ मा निर्वाचन
शनिबार, भदौ २८, २०८२
कुराकानीको क्रममा उनले भने - हाम्रो पहिचानसंग जोडिएको यहाको सम्पदालाई संरक्षणको बिषयलाई राजनैतिक मुद्धा बनाइनु दुर्भाग्य हो । हाम्रा जात्रा ,पर्व अनि गुठीकोमात्र होइन प्रत्येक ईटाको ईतिहास र महत्वका बारेमा नयाँ पुस्तालाई बुझाउन बिध्यालयस्तरको पाठ्यक्रममा समाबेस गर्नु पर्नेमा जोड दिन्छन् । सामुदायिक बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीले कुनै खालको हिनताबोध मानसिकता बोक्न नपरोस भन्ने मनसायले आफुले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेको बताउने बैद्य सार्बजनिक यातायात सेवालाई चुस्त दूरुस्त र भरपर्दो बनाउन बिशेस योजना हुनु पर्नेमा जोड दिन्छन् ।
बैद्यका अनुसार अबको दिनमा काठमाण्डौ उपत्यकाका सबै नगरलाई संगसंगै लैजान सक्ने नेतृत्व हुनुपर्छ । काठमाण्डौ उपत्याकामा ठुलो समस्याका रुपमा रहेको सार्बजनिक यातायात लाई भरपर्दो बनाउन काठमाण्डौको बुढानिलकण्ठदेखी ललितपुरको गोटिखेलसम्मको सडकलाई स्तरोन्नति गर्नुपर्ने खाचो औल्याउने सुसन बैद्य ट्राफिक ब्यबस्थापनको साथसाथै सार्बजनिक यातायातलाई ब्यबस्थित गर्न सके बिस्वकै तेस्रो बायु प्रदुषणको रुपमा रहेको काठमाण्डौलाई प्रदुषणमुक्त गर्न सकिने योजनाका साथ आफु अगाडी बढेको बताउछन ।
काठमण्डौको फोहर ब्यबस्थापन ,खानेपानी तथा ढल को उचित ब्यबस्थापनमा आफ्नो बिशेस जोड रहेको बताउने बैद्य फोहोरको उचित ब्यबस्थापनका लागि नगरबासीलाई सचेतना र प्रोत्साहन गर्नु पर्नेमा जोड दिन्छन् । उनि भन्छन् - नगरबासीले नो हर्न र मापसेलाई सहर्ष स्वीकार गरेका र कार्यान्वयनका सिलसिलामा सहयोगी भूमिका निर्बाह गरेका छन् । यसबाट के प्रस्ट हुन्छ भने - काठमाण्डौ लाई सभ्य ,बिकसित र बस्नयोग्य राम्रो सहर बनाउने सबालमा यहाका जनता सधै सकारात्मक छन् । यस्तै मुद्धा र बिषयलाई लिएर जनता माझ रहिरहन रुचाउने सुसन बैद्य नगरको समग्र बिकासको सबालमा राजनिती भन्दा माथि रहेर सबै एकजुट हुनुपर्ने बताउछन् ।