थप कला/शैली
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
यासैमेसोमा झापाली समाज अस्ट्रेलियाले सिड्नीको अलवा पार्कमा होली खेलेर फागु मनायो । कार्यक्रममा सहभागीहरुले शुभकामना साटासाट गर्दै फागु मनाएका थिए। सो अवसरमा आयोजक सस्थाका अध्यक्ष निरन्जन प्रसाई र महासचिब तिर्थ कार्की ले सहभागीहरुलाई स्वागत गर्दै नेपाली परम्परा ,रिति रिवाज र सस्कृतिको जगेर्ना गर्दै प्रबासमा हुर्के बढेका हाम्रा सन्तानहरुलाई पर्वको बारेमा जानकारी गराउने उद्देस्यले कार्यक्रमको आयोजना गरेको बताए ।
यसैगरी फागु पुर्णिमाकै अवसरमा न्यु क्यासलमा पनि होली मेलाको आयोजना गरियो । न्यु क्यासल नेप्लिज कम्युनिटीले अर्बिट अस्ट्रेलिया ग्रुप ,एमसन इण्टर्टेन्मेण्ट ,नमस्ते न्यु क्यासल तथा एभरेस्ट होम्स रियल स्टेटको सहकार्यमा गत शुक्रबार भएको सो सांगेतिक एबम मनोरन्जनात्मक कार्यक्रममा कलाकारहरु रमण रेग्मी ,नरेश रेग्मी ,अल्मोडा राणा उप्रेती ,भावेस भट्टराई ,र शिशिर भण्डारीले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए भने हास्य कलाकार दिनेश काफ्लेले हास्य व्यंग्य प्रस्तुत गरेर उपस्थित जनलाई मनोरंजन दिएका थिए । मेलामा अस्ट्रेलियाकी संघिय सांसद स्यारोन क्लेडनको पनि सहभागिता रहेको थियो ।
होलीकै अवसरमा क्यानबेरा तथा क्विनबेन आसपास बसोबास गरेका नेपालीहरुलाई लक्षित गरेर क्विनबेन सेन्ट्रल पार्कमा होली मेलाको आयोजना गरियो । कार्यक्रममा गायक समिर आचार्यको जोडदार प्रस्तुतिमा सहभागी हरुले भरपुर मनोरंजन लिएका थिए । ग्रेस इन्टरनेसनल क्यानबेरा र काठमाण्डौ अटोमोटिभको संयुक्त आयोजनामा भएको सो होली मेलामा बिक्रम शर्मा लगायत स्थानिय बेण्डले आ आफ्नो प्रस्तुति दिएका थिए ।
यसै अवसरमा असोसिएसन अफ नेपाल तराई ईन अस्ट्रेलियाले यहि मार्च १९ तारिख शनिबारका दिन रिचमण्ड रोडस्थित ब्ल्याकटाउन सो ग्राउण्डमा बिषेस होलि कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ तथा आयोजक सस्थाका पधाधिकारी स्थानिय विभिन्न सामाजिक सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । सस्थाले आफ्नो स्थापना कालदेखि नै बर्षेनी होली पर्बलाई बिषेस कार्यक्रमका साथ मनाउदै आएको छ ।