थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
सिड्नी । कास्की जिल्ला घर भै अस्ट्रेलियामा बसोबास गर्दै आएका पोखरेलीहरुको साझा सस्था पोखरा समाज अस्ट्रेलियाको हालै सम्पन तेस्रो अधिबेशनले तारा गुरुङको अध्यक्षतामा सर्बसम्मतिले नया कार्यसमिति चयन गरेको छ ।
सिड्नीको रक्डेल स्थित रक्डेल पार्कमा सम्पन्न सो अधिबेशन तथा साधारण सभाले समाजको उपाध्यक्षत्रयमा सन्तोस आचार्य ,अर्जुन गुरुङ र हेउपति गुरुङ महासचिबमा प्रकास सुबेदी ,सचिबमा अनिल खड्का ,र कोसाध्यक्षमा ईश्वर पहारी रहेका छन् । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा प्रकास लामिछाने ,नबिन पौडेल ,सुवास गुरुङ ,सुदर्शन बराल ,शेरजंग गुरुङ,रबिन पुन ,बिजय आले ,अर्जुन न्यौपाने,नरेन गुरुङ ,लिलेन सिग्देल ,राजकुमार गुरुङ ,मोहन भण्डारी ,र जनदेश श्रेष्ठ रहेको सो सस्थाले जनाएको छ ।
अधिबेशन समारोहमा पोखरा समाज अस्ट्रेलियाका संरक्षक एबम् एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङले आफ्नो स्थापना कालदेखिनै सामाजिक एबं कल्याणकारी कार्य गर्दै आएको पोखरा समाज अस्ट्रेलियाले आगामी दिनमा पनि सामाजिक कार्यलाई अझ ब्यापक र प्रभावकारी बनाउने बिस्वास व्यक्त गरे । सो अवसरमा एनआरएनए एनएसडब्लु अस्ट्रेलियाका उप संयोजक सुकृति भट्ट ,नारी निकुञ्ज अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य संयोजक समिता गुरुङ र सन्तोस आचार्यले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सो अवसरमा सस्थाका निबर्तमान अध्यक्ष राजकुमार अधिकारीले आफ्नो कार्यकालमा सस्थाले गरेको बिबिध कार्यका बारेमा जानकारी दिएका थिए भने कोशाध्यक्ष इश्वर पहारीले आर्थिक प्रतिबेदन पेश गरेका थिए । कार्यक्रममा विभिन्न सामाजिक सस्थाका प्रतिनिधिहरु र पोखेरेली हरुको बाक्लो सहभागिता रहेको थियो ।