थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
एसिया प्रशान्त क्षेत्रमा अष्ट्रेलियापछि लोकप्रीय बन्दै गएको न्युजिल्याण्डले कोरोनाका कारण लामो समयदेखि बन्द गरेको प्रतिवन्ध अबका दिनमा बिस्तारै खोल्ने योजना सार्वजनिक गरेको छ । करिब पाँंच हजार नेपाली विध्यार्थी न्युजिल्यान्डमा अध्यनरत रहेको तथ्यांकले बताउछ ।
राम्रो शैक्षिक गन्तव्य बन्दै आएको न्युजिल्यान्डले भने कोभिडका कारणले झण्डै २ वर्षदेखि सिमा बन्द गर्दै आएको छ । बिश्वमै कोरोनासँंगै लडिरहेको अन्य बिकसित मुलुकहरुको तुलनामा न्युजिल्यान्ड निकै सुरक्षीत बन्दै आएपनि सीमा खोल्ने बिषयमा भने कडाइ यथावत राखेको छ । जसका कारण पछिल्लो दुइ बर्षदेखि बिध्यार्थी,पर्यटक लगायत न्युजिल्यान्ड जान पाएका छैनन ।
न्युजिल्यान्ड सरकारले बिभिन्न पाँच चरणमा आफ्नो सिमा खोल्ने निर्णइ गरेको छ । जस अनुसार विदेशी विद्यार्थीका लागि आगामी अप्रीलमा ५ हजार र त्यसपछि अक्टोबरमा मात्रै सिमा खुल्ला हुने बताइएको छ ।
लामो समयदेखि विद्यार्थीहरु न्युजिल्यान्डको सीमा खोल्ने बिषयमा निकै आतुर थिए तर अहिले आएर भने एएटा मार्गचित्र आएको छ ,यसले केहि हदसम्म राहत दिएको छ , अकल्यान्डका नेपाली समाजका अगुवा बिनोद आचार्यले बताए । अस्ट्रेलिया,अमेरिका र बेलायतले अन्त्राष्ट्रीय विध्यार्थीहरुको लागि ढोका खुल्ला गरेता पनि न्युजिल्यान्डले बोर्डर समेत नखोल्दा यसको विरोध समेत सुरु भएको थियो ।
न्युजिल्यान्ड सरकारको नया योजना अन्तर््गत फब्रुअरी २७देखि पुर्ण खोप लगाएका न्युजिल्यान्ड र नागरिक र पीआरलाई अस्ट्रेलियावाट फर्कन दिइने छ भने मार्च १३ पछि संसारका पुर्ण खोप लगाएका नगारिक र पीआर लगायत दक्ष कामदारका लागि बोर्डर खोलीने छ । यस्तै अप्रील १२ पछि पाँंच हजार अन्तराष्ट्रीय विध्त्तयार्थीहरुलाई ल्याइने जसमा भिषा लगाएर बसेका तथा अडकेकाहरुलाई प्राथमिकता दिइने छ । जुलाई देखि अस्ट्रेलिया लगायतका भिषा नलाग्ने देशका नागरिकलाई न्युजिल्यान्ड प्रवेश खुल्ला गरिने छ भने यस बर्षको अक्टोबरमा अन्त्राष्ट्रीय विध्यार्थी तथा पर्यटक लगायत अन्य भिषामा रहेकाहरुलाई न्युजिल्यान्ड प्रवेश खुल्ला गरीने भएको छ ।