नेभिगेशन
नेपाल समाचार

न्युजिल्यान्डमा धरणीधर कोइराला स्मृति दिवस मनाइयो

नेपाली साहित्य समाज न्युजिल्यान्डको आयोजना तथा एनआरएनको सहयोगमा यही शनिबारका दिन कवी धरणीधर कोइराला स्मृति दिवस भब्य रुपमा मनाइएको छ । नेपाली साहित्य समाज न्युजिल्यान्डका सक्रिय सदस्य बिनोद आचार्यको संयोजनमा सम्पन्न कार्यक्रममा नेपाली भाषा र साहित्यको सम्बर्धन र प्रर्वधनमा उल्लेख्य भुमिका निर्बाह गर्ने नेपाली साहित्य सर्जकहरुले कवि धरणिधर कोइरालाको संझना गरेका थिए । कार्यक्रम आयोजनाको लागि एनआरएन न्युजिल्यान्ड र न्युजिल्यान्ड नेपाल सोसाइटी अकल्यान्डका साथै प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गरेको थियो । कार्यक्रममा सहभागी श्रष्टाहरुले त्यस समयमा कवि धरणीधर कोइरालाले आफ्नो साहित्यमार्फत नेपाली समाजलाई दिएको चेतना अनि शन्देश स्वतन्त्रताको झील्कोका रुपमा रहेको चर्चा समेत गरेका थिए । कार्यक्रममा डा ध्रुबचन्द्र गौतम ,अभि सुबेदी, अशेष मल्ल, तुलसी भट्टराइ ,हरिहर बिरही, भुवन ढुंगाना, उषा नेपाल,, प्राडा बिद्यानाथ कोइराला, सुखनम लेप्चा,कृष्णसिंह मोक्तानm मणिका शर्मा लगायतका सर्जकहरुले कवि धरणिधर कोइरालाको स्मृतीमा शब्दका फुल र साहीत्यको पुल बाधेर चर्चा परिचर्चा गरेका थिए । त्यती बेला नेपाली समाजलाई जगाउन “जाग जाग अब जागन जाग, लाग उन्नति विशे अब लाग घोर नीद अब ता परित्याग, भो भयो अति सुत्यौ अब जाग ।” जस्तो जागरण अभियानको थालनी गरेको कुरा नेपाली साहित्यले कहिले बिर्सनु नहुने कुरा सर्जकहरुले बताएका थिए । नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष बिरेन्द्र केसी, प्राविधिक संयोजक बिकास पोखरेल लगायतको उपस्थीतीमा सम्पन्न कवी धरणीधर कोइराला स्मृती दिवसलाई प्रवासका साहित्यप्रेमीहरुले निकै चाख दिएर सहभागिता जनाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।