थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- रोबिन शेरचनको नेतृत्वमा साझा टीम मैदानमा उत्रने
- अष्ट्रेलियामा नेपाली समुदायले मनाए पृथ्वी जयन्ति तथा ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’
- ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना
- एञ्जाद्वारा बरिस्ठ पत्रकार होमनाथ दाहाल प्रति समबेदना
- राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमसहित मनाइँदै
साताको लोकप्रीय
सिड्नी । रुपन्देही सामाजिक सन्जाल अस्ट्रेलियाले रुपन्देहीको सैनामैना नगरपालिका स्थित दुधराक्ष स्वास्थ्य चौकीलाई करिब दुई लाख पचास हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । स्वास्थ्य चौकिमा हालै आयोजित एक कार्यक्रमकाबिच सस्थाका तर्फबाट सन्जालका निबर्तमान अध्यक्ष ईश्वर पोखरेलले स्वास्थ्य चौकीलाई सेमिएनलाईजर मेसिन र त्यसका लागि आबस्यक पर्ने केमिकल हस्तान्तरण गरे ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की स्वास्थ्य चौकीका प्रमुख खगराज पोखरेल ,नगर स्वास्थ्य संयोजक हेमराज पन्थी , छ नम्बर वडाका वडाध्यक्ष बसन्त पाण्डे लगायतका बक्ताहरुले जिल्लाको सामाजिक ,स्वास्थ्य एबम् काल्याणकारी कार्यमा रुपन्देही सामाजिक सन्जालले पुर्याउदै आएको सहयोगको प्रसंसा गरे ।
सामाग्री हस्तान्तरण गर्दै सन्जालका निबर्तमान अध्यक्ष ईश्वर पोखरेलले आफु जन्मेको गाउठाउको सामाजिक र आर्थिक बिकास तथा स्वास्थ्य लगायतका क्षेत्रको सुधारका लागि सस्थाले आगामी दिनमा पनि सहयोगी भूमिका खेल्ने बताए ।
सो अवसरमा सस्थाका अध्यक्ष मुक्तिराम पोखरेल र उपाध्यक्ष दिवाकर काफ्लेले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । २०१५ मा स्थापना भएको रुपन्देही सामाजिक सन्जालले बिभिन्न कल्याणकारी कार्यको लागि हालसम्म झण्डै ३२ लाख रुपैया बराबरको सहयोग पुर्याएको सस्थाले जनाएको छ ।