थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
सिड्नी । रूपन्देही सामाजिक सन्जालको तेस्रो अधिवेशनले मुक्तिराम पोखरेलको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुशील नेपाल, उपाध्यक्षमा रोशन कोईराला, दिवाकर काफ्ले, महासचिवमा रंजिता अधिकारी भण्डारी, सचिवमा रवि केसी र कोषाध्यक्षमा विप्लव सापकोटा चयन भएका हुन् ।
त्यसैगरी कार्यसमिती सदस्यहरुमा पदम अधिकारी, मनोज सिलवाल, प्रदीप पन्थी, गायत्री पाठक पौडेल, बासु खरेल, भुवन रेग्मी, कमल अर्याल, नारायण भण्डारी, आनन्द अधिकारी, सपना गरूङ, होम उपाध्याय र आशिष घिमिरे रहेका छन् । त्यस्तै समाजको सल्लाहकार सदस्यहरुमा डा. प्रकाश पौडेल, डा. चीज श्रेष्ठ, चुन्ना क्षेत्री, मोहन पाण्डे, विक्रम अभय विश्वकर्मा, कमल भण्डारी, वीना पौडेललाई चयन गरेको छ ।
सस्थाको जनसम्पर्क अधिकृतमा सुरज खत्री, परियोजना संयोजकमा राजन खड़का, आई.टी. कन्सलटेन्टमा सरोज पाण्डे, खेलकुद विभाग संयोजकमा सरोज पाठक, सह–संयोजकमा दिल खड़का, महिला विभाग संयोजकमा सिर्जना खडका गैरे, सह–संयोजकमा ग्रीष्मा पाण्डेले जिम्मा पाएका छन् ।
डिसेम्बर ५ तारिख आइतवार रक्डेल स्थित झरना फंसन सेन्टरमा सपन्न सो अधिवेशनले भाषा, कला तथा साहित्य विभाग संयोजकमा सूचना पाण्डे, सह–संयोजकमा प्रदीप खनाललाई जिम्मेवारी दिएको छ ।
कार्यक्रममा एनआरएनए आइसिसीका उपाध्यक्ष मन केसी, एनआरएनए का सल्लाहकार इन्द्रा बन ,एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ,फेन्का अध्यक्ष विष्णु हमाल, महासचिव डा. मधु पुडासैनी, एनआरएनए न्यू साथउ वेल्स सह–संयोजक सुकृति भट्ट, एनआरएनए ओसनिया क्षेत्रका पूर्वसंयोजक धर्मराज अधिकारी ,मल्टीडायनामिक रियलस्टेटका प्रिन्सिपल व्यावसायी मेघराज पौडेल, सस्थाका सस्थापक अध्यक्ष तथा सल्लाहकार राज खनाल ,सस्थाका पूर्व अध्यक्ष कृष्ण गैरे लगायतका बक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
संस्थाका निवर्तमान अध्यक्ष ईश्वर पोख्रेलको अध्यक्षतामा र समाजका महासचिव दिवाकर काफ्लेद्वारा संचालन गरिएको सो कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
नेपाल न्युज अस्ट्रेलियासँग कुरा गर्दै सस्थाका अध्यक्ष मुक्तिराम पोखेरेलले सस्थाको संगठनलाई अरु राज्यमा पनि बिस्तार गर्दै सामाजिक सस्थाहरु सँग सहकार्य गर्दै सामाजिक एबम् कल्याणकारी कार्यमा सस्थाको भूमिका लाई प्रभावकारी रुपमा अगाडि बढाइने उल्लेख गरे ।