नेभिगेशन
नेपाल समाचार

काउन्सिलरमा भद्रा वाइवाको जित पक्का

अस्ट्रेलियामा स्थानिय चुनाब जित्ने पहिलो नेपाली महिला माधव गैह्रे अस्ट्रेलियाको स्थानिय निर्वाचनमा लेबर पार्टीकोतर्फवाट नगर सदस्य(काउन्सिलर)मा उमेदबार बनेकी बैंकसटाउन काउन्सिलको रोजल्यान्ड वडावाट भद्रा वाइवाको विजय पक्का भएको छ । सिन्धुली घर भएकी भद्राले अस्ट्रेलियन सरकारको प्रतिपक्षमा रहेको लेबर पार्टीकोतर्फवाट आधिकारीक टिकट प्राप्त गरेकी थिइन । मत गणना समाप्त भैसकेको तर घोषणा हुन भने बाँंकी रहेको र सोमबार औपचारिक कार्यक्रम बिच निर्वाचन समितीले आधिकारीक प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको विजयी भद्राकी श्रीमान गणेस तामाङले बताए । यो संभवत अस्ट्रेलियाको इतिहासमा स्थानिय निर्वाचनमा नगर परिषद सदस्यका रुपमा विजय प्राप्त गर्ने भद्रा पहिलो नेपाली मुलकी महिलाका रुपमा रहेकी छिन । यसअघि संघिय सांसद र अन्य पदमा नेपालीहरुको उमेदबारी परेपनि सफलता भने हात परेको थिएन । यस पटक शनिबार सम्पन्न अस्ट्रेलियाको स्थानिय चुनाबमा ९ जना नेपाली उमेदबारहरु यहाका बिभिन्न राजनितीक दलवाट प्रतिनिधित्व गर्दै उमेदबार बनेका थिए । जसमध्ये अरु उमेदबारको अवस्था सोचे अनुरुप सफल हुन सकेको छैन । लिबरलवाट क्याम्पवेलटाउन काउन्सिलमा उठेका बिनोद पौडेल भने पाँंचौ नम्बरमा रहेर संघर्षरत रहेका छन । सोमबार साझसम्म अन्य उमेदबारको अवस्था पनि सार्वजनिक हुने छ । भद्रालाई शनिबारनै लेबरका सांसद तथा स्थानिय नेताहरुले एक कार्यक्रम बिच वधाइ दिएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।