नेभिगेशन
खेलकुद

पर्थमा सुरु भयो नेप्लीज फुटबल लीग

वेस्टर्न अस्ट्रेलिया नेप्लीज फुटबल संघको आयोजनामा संचालित डब्लुए नेप्लीप्ज फुटबल लीग धुमधामका साथ प्रारम्भ भएको छ । ओसेनिया एजुकेशन एन्ड भिषा सर्भिसेजको मुख्य प्रायोजन रहेको यस लिगको प्रारम्भका खेलमा गुर्खा ब्वाइजले नमस्ते एफसीलाई ९-०को भारिअन्तरले पराजित गरेको छ भने ड्रागन युनाइटेडले भाषा पाठशालाई ५-४ले पराजित गरेको छ । यस्तै अर्को खेलमा एनयुएफसीले फुएनसम युनाइटेडलाई ४-०ले मडिङटन एफसीलाइ एसएफजीले र थिम्पु सीटी पर्थले जाचुङ युनाइटेडलाई पराजित गर्दै लिग चरणमा अंक बटुल्न सफल भएका छन । प्रतियोगिताको पहिलो हुने टीमले २५ सय डलर, दोस्रो हुनेले १५ सय डलर र तेस्रो हुने टिमले ७ सय पचास डलर नगद तथा ट्रफी प्रदान गरिने आयोजक संस्थाका सुवास श्रेष्ठले बताए । प्रतियोगिताको पहिलो दिन एनआरएन पर्थका दिपक बस्नेत र नवाका बासुदेब रेग्मीले बल रेफ्रीलाई हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।