थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
सिड्नी । अस्ट्रेलियामा छरिएर रहेका धादिंगे हरुलाई एकैएकीकृत गरि आफु जन्मे हुर्केको ठाउको बिकासका लागी सामाजिक तथा कल्याणकारी कार्य गर्ने पबित्र उद्देश्य लिएर सन् २०१४ सालमा स्थापना गरिएको धादिङ समाज अस्ट्रेलियाको हालै सम्पन्न तेस्रो साधारण सभाले अर्जुन केसीलाई अध्यक्षमा चयन गरेको छ । कोभिडका कारणले जुम मिटिंगमा भएको साधारण सभाले यज्ञ अधिकारीलाई उपाध्यक्षमा र हरि अधिकारीलाई महाचिबमा चयन गरेको छ ।
त्यसैगरी कार्यसमितिको सचिबमा पुरुषोत्तम अधिकारी ,कोषाध्यक्षमा सुनिता त्रिपाठी ,प्रवक्तामा बिनोद उप्रेती ,महिला संयोजकमा गीता लम्साल ओझा ,यूवा संयोजकमा रोबिन्सन अधिकारी ,सदस्यहरुमा सुमन परियार एन एस डब्लू ,करुणा अधिकारी तास्मानिया ,सुस्मा छत्कुली भिक्टोरिया ,ज्योती सिम्खडा भिक्टोरिया ,अनुप जंग बानियाँ एनएसडब्लू रहेका छन्। त्यसैगरी सस्थाले अस्ट्रेलियाको आठै ओटा राज्यमा संयोजक समेत चयन गरेको छ ।
जसमा एनएसडब्लू संयोजकमा शम्भु भण्डारी ,एसीटी संयोजकमा रामचन्द्र उप्रेती ,तास्मानिया संयोजकमा उत्तम अधिकारी ,भिक्टोरिया संयोजकमा बिनोद पौडेल ,नर्दन टेरिटोरीमा नबिन भण्डारी ,साउथ अस्ट्रेलियामा जीवन भण्डारी पर्थमा दयाराम थापा र क्विन्सल्याण्ड राज्यमा सम्भु सिम्खडा लाइ संयोजक चयन गरिएको छ ।
नेपाल न्युज अस्ट्रेलिया संग कुरा गर्दै अध्यक्ष अर्जुन केसीले बिगतका कार्यसमितिले अगाडी बढाएको कल्याणकारी कार्यक्रम लाई निरन्तरता दिईने बताए । उनले राजधानीसंग जोडिएको जिल्ला भएपनि आर्थिक र सामाजिक दृस्टीबाट जिल्ला पछाडी रहेको ले जिल्लाको समग्र बिकासको लागि आफुहरुले सकेको सहयोग गर्दै आएको र त्यसको लागि अन्तरास्ट्रिय धादिङ्ग समाजसंग सहकार्य गरेर अगाडी बढ्ने जानकारी दिए । अध्यक्ष केसीले जिल्लाको चेपाङ्ग बस्तीमा सस्थाले संचालन गरेको शैक्षिक गतिविधिलाई अझ प्रभावकारी र बिस्तार गरिने बताए ।