थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
सिड्नी । नेपाली काँग्रेस निकट जनसम्पर्क समिति अष्ट्रेलियाको आयोजनामा जुन ६ तारिख आईतवार सिड्नीको ग्र्यानभिलमा “कोभिड १९ प्रकोप र बर्तमान नेपालको राजनीतिक परिस्थितिमा हाम्रो भूमिका “बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
समितिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका बक्ताहरुले कोभिड प्रभाबित नेपालीहरुको स्वास्थ्य उपचारका लागी अस्ट्रेलियामा रहेका नेपालीहरुले ठुलो सहयोग गरेको बताए । उनिहरुले जन्मभुमीलाई अफ्ट्यारो पर्दा कर्मभुमीमा रहेका प्रवासी नेपालीहरुले पुर्याउदै आएको योगदानलाई कसैले बिर्सन नहुनेमा जोड दिए । कार्यक्रममा अष्ट्रेलियालका लागि नेपाली राजदूत महेश दाहालले प्रवासमा रहेका नेपाली संघसंस्थाहरुले नेपालीहरुलाई भावनात्मक रुपले जोडेकोले यो एकतालाई जिवन्त राख्नु पर्ने खाचो औल्याए ।
कार्यक्रममा नेपाली काङ्रेस नीति, अनुसन्धन एबम प्रशिक्षण प्रतिष्ठानका अष्ट्रेलिया शाखा प्रमुख प्रेम सापकोटा, एनएसडब्लुका लागि नेपाली महाबाडिज्यदूत दीपक खड्का, फेन्का महासचिब डा कृष्ण हमाल, एनआरएनए आईसीसीः महिला संयोजक भोमा लिम्बू, एनआरएनए आईसीसी सदस्य अरुण कुमार ठाकुर, ओशियाना संयोजक होम पाण्डे, ओशियाना महिला संयोजक जानकी पौडेल, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, पूर्व सचिब रन्जु वाग्ले थापा, जनसम्पर्क समिति अष्ट्रेलिया एनएसडब्लुका संयोजक सितल गिरी, ओएनएफ अष्ट्रेलियाका राजन बस्नेत, केशब जोशी, जनप्रगतिशील मंच अष्ट्रेलियाका अध्यक्ष प्रविण कंडेल, एनआरएनए अष्ट्रेलियाकाः उपाध्यक्ष देब गुरुङ, पूर्व उपाध्यक्षद्धय राजन ढुङ्गेल र दीनेश पोखरेल, चितवन समाज अष्ट्रेलियाका अध्यक्ष पुर्णनाथ घिमिरे, नेपाली हिन्दु सोसाईटीका अध्यक्ष सूर्य गौतम, जनसम्पर्क समितिका बिक्रम शेरचन र समित केसी लगायतले आफना बिचारहरु राखेका थिए ।
जनसम्पर्क समिति अष्ट्रेलियाका बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङ, समुदायका अगुवाहरु गणेश केसी, बालचन्द्र भट्टराई, भवानी ओली, झलक ढुङ्गाना, नरेश थापा, निरज श्रेष्ठ, दिपक भट्टराई, सुजित सिग्देल, रुपक मैनाली, राज कुमार गोश्वामी, नागेन्द्र अधिकारी, सन्तोश दाहाल, भिम बस्नेत, उमेश पोखरेल, समिम अनवर, बिकास केसी, जनसम्पर्कका राजेश केसी, सरोज पाण्डे, बिशाल पोखरेल लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा सस्थाले सन्चालन गरेको राहत सन्कलन कार्यक्रमका सहयोगी र स्वयंमसेवक तथा स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।