नेभिगेशन
LEADING_MAIN

एन्जाको अध्यक्षमा ऋषि आचार्य

सिड्नी ,अष्ट्रेलिया अष्ट्रेलियन नेप्लीज जर्नालिष्ट एशोसिएसनको अध्यक्षमा ऋषि आचार्य चयन भएका छन् । निवर्तमान अध्यक्ष हेमन्त काफ्लेले सहअध्यक्ष ऋषि आचार्यलाई अध्यक्षको कायभार हस्तान्तरण गरेपछि आचार्य अध्यक्ष बनेका हुन् । गतवर्ष एडिलेटमा सम्पन्न पहिलो साधारणसभामा अध्यक्ष पदका लागि दुवै जनाको उम्मेम्वारी परेपछि एक –एक वर्ष आलोपालो अध्यक्ष बन्ने सहमति भएको थियो । सिड्नीको ग्रानभिलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशर दाहालको रहोवरमा अध्यक्ष हेमन्त काफ्लेले अध्यक्षको कार्यभार हस्तान्तरण गरेका थिए । प्रमुख अतिथि दाहालले अष्टेलियामा नेपाली मिडियाले समाजमा सकारात्मक भुमिका खेलेकोमा प्रसंसा गर्दै दुतावासले एन्जाको भावी कार्यक्रमहरुमा आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै अष्ट्रेलियाको नेपाली समुदायका अगुवा तथा समाजसेवी इन्द्रा वनले प्रवासमा नेपाली मिडियाले सुचनाको पहु“चबाट बच्चित प्रवासी नेपालीहरुलाई सही सुचना दिएर सहयोग गरेकोमा प्रसंसा गरिन् । भने अर्का अगुवा नारायण प्रधानले एन्जाको एक वर्षको कार्यकालको प्रसंसा गर्दै मिडियाले समाजलाई जोड्ने काममा अग्रसर हुनुपर्नेमा जोड दिए । कार्यक्रममा न्यूसाउथवेल्सकालागि नेपाली अवैतनिक महावाणिज्यदुत दिपक खड्काले अस्टे«लियामा छरिएर रहेका पत्रकारहरुलाई एकत्रित गरि एन्जा गठन गरिएकोप्रति शुभकामना दिर्दै पत्रकारले सत्य तथ्यमा आधारित भएर समाचार संम्प्रेषण गर्नुपर्ने बताए । त्यस्तै एनआरएन आईसीसी उपाध्यक्ष मन केसीले समाजमा मिडियाको अहम भूमिका हुने बताउदै समाचार लेखनमा पत्रकारहरु जहिलेपनि सत्य तथ्य तथा निष्पक्ष भएर कलम चलाउनुपर्ने बताए । कार्यक्रममा एनआरएन अभियन्ता भवानी ओलीले पत्रकारले व्यक्तिगत स्वार्थका लागि एक पक्षिय समाचार लेख्न नहुने बताए । पत्रकारिता जगत राज्यको चौथो अंग भएको उल्लेख गर्दै पत्रकारले समाचार लेख्दा समाचारले समाजमा पार्ने प्रभावका वारेमा पनि एक पटक सोचविचार गर्नुपर्ने बताए । प्रवासमा मिडिया संचालन गर्न कठिनाइ रहेको उल्लेख गर्दै यहा“का व्यवसायिक संघ संस्थाहरुले कुनै न कुनै रुपमा प्रवासी मिडियालाई सहयोग गर्नुपर्नेमा जोड दिए । सोही कार्यक्रममा एनआरएन अष्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मी, उपाध्यक्ष देव गुरुंग, एनआरएनका आसेनिया क्षेत्रीका पूर्वसंयोजक धर्मराज अधिकारी, जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक दिनेशराज जोशी, निन्फाका अध्यक्ष अरुण तामांग चितवन समाज अष्ट्रेलियाका अध्यक्ष पूर्णनाथ घिमिरे, नारी निकुन्जकी संयोजक सन्ध्या शाह, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएनएका प्रवक्ता नन्द गुरुङ्ग, झापाली समाजका पूर्व अध्यक्ष दिनेश पोखरेल, सामाजिक अभियन्ता डा. शमशेरसिंह थापा, लिबरल फ्रेन्ड्स अफ नेपालका अध्यक्ष श्री नापित, एसविएस नेपाली सेवाका संयोजक रजिश अर्याल, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक सन्जिव शर्मा, एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, चितवन समाजका पूर्वअध्यक्ष बुद्धि डल्लाकोटी, मनऋषि धिताल,डा. कृष्ण श्रेष्ठ, खेम शर्मा लगायतले नयँ नेतृत्वलाई शुभकामना दिदै एन्जाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उक्त अवसरमा अध्यक्ष हेमन्त काफ्लेले कोरोना महामारीका बिचमा पनि समूदायसग हातेमालो गर्दै महत्वपूर्ण कार्यहरु गर्न सफल भएको बताए । अष्ट्रेलियामा छरिएर रहका क्रियाशील पत्रकारहरुलाई एकत्रित गर्दै एन्जा गठन गर्न सफल भएकोमा सबै साथीहरुलाई धन्यवाद दिदै. आगामी दिनमा ऋषि आचार्यको अगुवाईमा एन्जाले थप उचाई लिने विश्वास राख्दै आचार्यलाई शुभकामना दिए । एन्जाका नयां अध्यक्ष ऋषि आचार्यले व्यवसायिक पत्रकारिताको अभ्यास र मर्यादित पेशाका रुपमा अष्ट्रेलियाको नेपाली समूदायसंग आफु सधैं हातेमालो गरेर अगाडि बढ्ने बताए । कार्यक्रममा सहभागीहरुलाई एन्जाका कोषाध्यक्ष कृष्ण तिवारीले स्वागत मन्तव्य दिएका थिए भने कार्यसमिति सदस्य प्रकाश हुमागाईंले धन्यवाद ज्ञापन गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।