थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
सिड्नी । घाम जस्तै हो जीवन ,सुर्योदय मात्र हुदैन सुर्यास्त पनि हुन्छ । दिन पछि रात र रात पछि दिन सधै हुन्छ । समयसंग औशी पनि छ र पुर्णिमा पनि छ । जहाँ दुख छ त्यहा सुख पनि छ । जहा रात छ त्यहि दिन छ । अनि जहा जन्म छ त्यहि मृत्यु पनि छ । यो शास्वत सत्य हो । सत्यसंग कसको के लाग्छ ? किरण अधिकारीको हालै सार्बजनिक भएको उपन्यास "बिपनाको बिसौनी" भाग ३ मा कोरिएका यी हरफहरुले जीवन ,जगत अनि मान्छेका जिन्दगीका विभिन्न पाटाहरुलाई मिहिन रुपले केलाउने प्रयास गरेका छन् ।
सन् २००७ देखि अस्ट्रेलियालाई आफ्नो कर्मथलो बनाउदै आएका किरण अधिकारीले धेरै नेपाली युवाहरुले अस्ट्रेलियामा पाइला टेकेदेखीको भोगाई र वरिपरिको परिवेशलाई लिपिबद्ध गर्दै उपन्यासको रुप दिएका हुन् । करिब एक वर्षको मेहनत र लगावले तयार भएको सामाजिक उपन्यास "बिपनाको बिसौनी " १३६ पृष्ठको छ । उपन्यासमा प्रोफेसर रामहरी दाहाल ,साहित्यकार डा बलदेव अधिकारी र शिक्षक सरोज खतिवडाद्वारा आ आफ्नो भूमिका बाधिएको छ ।
नेपाली युवाहरु सुनौलो भविष्यको कल्पना गर्दै बिदेसिनु ,कानुनी प्राबधानलाई बेवास्था गर्नु , सिप र योग्यताको अभावले खेल्नुपरेको दुख पीडालाई समेतियाको स्वेदेस को मायालाई भौतिक सुखको पछाडी दौडिदा आफुले धेरै कुरा गुमाएको ,भौतिक रुपमा सम्पन्न भएपनि भौतिकबादी हुनुहुन्न भन्ने सन्देस दिएको छ। चंचल मनलाई एकीकृत गर्न सक्नु पर्छ भन्ने सन्देसले उनिएको यो उपन्यासमा अस्ट्रेलिया बसाइमा बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएका युवाहरुको अनुभवलाई जस्ताको तस्तै रुपमा उतारिएको छ । यथार्थ र कल्पनामा पाइने अन्तरलाई परिपक्व रुपले केलाएका लेखकले उपन्यासमा "म " पात्रको रुपमा अथर्व र उनकी हिमानीलाई मुख्य पात्र र समिता र सदिक्षालाई सहायक पात्रको रुपमा उभ्याएका छन् । उपन्यास पढ्दा स्वभाविकता जगाउने परिवेश र भाषा शैली लाई जस्ताको तस्तै उतारेको अनुवभ गर्न सकिन्छ । भौतिक बिज्ञानका ज्ञाता भईकन पनि लेखकले उपन्यासमा आध्यात्म बिज्ञानलाई आत्मसाथ गरेर मानव जीवनका प्राय पक्षहरुलाई सरस ढंगले उतारेका छन् । समसामयिक नेपाल र बिस्व परिवेश ले नेपाली युवाहरुमा आएको बिचलन र विपत्तिलाई मार्मिक शैलीमा चित्रण गरिएको छ । जे हुन्छ राम्राका लागी हुन्छ भन्ने उपन्यासकारको सकारात्मक आत्मबिस्वसबाट सुरु भएको यो उपन्यासमा बर्तमान युवा पुस्ताको सुन्दर समय र कुरुप बिपनाको संघर्षपूर्ण जीवनलाई जस्ताको तस्तै उतारिएको छ ।
जुम मिटिंग मार्फत कृतिको सार्बजनिक गरिएको थियो । कृती सार्बजनिक कार्यक्रममा गैर आवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका उपाध्यक्ष मन केसीले अस्ट्रेलियाको नेपाली समाजमा आई टी र सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल किरण अधिकारीको यो उपन्यास सुनौलो भबिष्यको सपना बुनेर परदेशिने युवा हरुको ढुकढुकीको प्रतिनिधि पात्र भएको बताए । सो अवसरमा एनआरएनए ओसियाना संयोजक होम पाण्डे ,एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशब कंडेल ,पूर्व अध्यक्ष महेन्द्र ओली ,नारि निकुञ्ज अस्ट्रेलियाका संयोजक सन्ध्या शाह ,अञ्जना बस्नेत लगायतका अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए ।