थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
सिड्नी । गोर्खा जिल्ला जन्मघर भएका सिड्नीबासी गोर्खाली हरुलाई एकजुट बनाई गोर्खा जिल्लाको सामाजिक एबम् स्वास्थ्य लगायतका कल्याणकारी कार्य गर्दै आएको गोर्खा समाज अस्ट्रेलियाको अप्रिल २४ तारिख शनिबार सिड्नीमा चौथो साधारण सभा सम्पन्न भएको छ । सिड्निको मेरिल्यान्ड स्थित रेस्ट फँसन सेन्टरमा आयोजित सो साधारण सभाले प्रकाश बास्ताकोटिको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्यो ।
सस्थको उपाध्यक्षमा आनन्द श्रेष्ठ, महासचिबमा योगेन्द्र जोशी, सचिबमा रितु श्रेष्ठ, कोषाध्यक्षमा राजु पोखरेल र सह कोषाध्यक्षमा कृष्ण भट्टलाई चयन गरेको छ । त्यस्तै कार्यसमितिको सदस्यहरुमा ईश्वर दाहाल, राधा ढकाल, हरि मल्ल, सन्तोष तिवारी, रमिला पोखेरेल, दिनेश श्रेष्ठ, रन्जन देवकोटा, रन्जित बन्त, प्रेम खड्का, सन्जीव खत्री र गणेश भट्ट, रहेका छन् । सस्थाको प्रबक्ता मा रन्जीत वन्त लाई चयन गरिएको छ ।
निबर्तमान अध्यक्ष त्रिलोचन पोखरेलको सभापतित्वमा सम्पन्न साधारण सभाको उद्घाटन नेपाली बणिज्यदुत दीपक खड्काले गरेका थिए । निर्वाचन का लागी सस्थाका सल्लाहकारद्वय डिल्ली ढकाल र उमेश पन्त रहेको निर्वाचन समिती गठन गरिएको थियो ।
कार्यक्रममा एन आर एन ए अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, सिड्नी साउथ वेष्ट नेपाली समाजका अध्यक्ष देबेन्द्र सापकोटा लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । नेपाली नयाँ बर्ष २०७८ को अवसर पारेर गरिएको सो साधारण सभामा शुभकामना साझको समेत आयोजना गरिएको थियो ।