थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
सिड्नी । नेपाली नयाँ बर्ष २०७८ को अवसरमा सेन्ट्रल कोस्ट नेप्लिज कम्युनिटी ले शुभकामना साँझ मनाएको छ । कोरोनाको माहामारी पछि औपचारिक रुपमा कुनै पनि ठूला कार्यक्रमहरुमा सहभागी हुने अवसर नमिल्दा सबैलाइ एक्लो महशुश भएको अनुभवलाई बिर्सदै एक अर्कामा शुभकामना आदान प्रदान गर्दै करिब डेढ सय जना सेण्ट्रल कोष्ट निबासिहरुल्ले कार्यक्रम शुभकामना मनाए ।
संस्थाको आमन्त्रणलाई सहर्ष स्विकार गर्दै डोबेलकोलागी अष्ट्रेलियन संघिय सांसद माननीय एम्मा म्याक्ब्राइडको प्रमुख आतिथ्य तथा एन आर एन अष्ट्रेलियाका उपाध्यक्ष एबम एन एस डब्लुका संयोजक देव बहादुर गुरुङको विशेष आतिथ्यमा भएको कार्यक्रममा सेण्ट्रल कोष्टका स्थानिय कलाकारहरु साथै बालबालिका एबम सिड्नी देखि आएका कलाकारहरुले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
बालकलाकारहरु जोर्जी पौडेल,आस्ना ढकाल,अश्मी पनेरु,युनिस ओझा र नायरा खकुरेल ले बाल नृत्य प्रस्तुत गरेका थिए भने अन्य कलाकारहरुमा प्रतीक्षा क्षेत्री,सिर्जना शर्मा ,अनुसुया पौडेल,प्रतिमा राई , प्रतिमा कोइराला ,बैजु पराजुली ,चन्दा प्याकुर्याल ,रोजिना कार्की सनुजा देबकोटा,सरिता ढकाल, निता रिसाल ,सन्तोश शर्मा र असिम गौतम द्वारा सामुहिक नृत्य तथा एकल नृत्यहरु प्रस्तुत गरिएको थियो। नृत्यहरुको संयोजन संस्थाको कार्यकारी सदस्य तथा सांस्कृतिक संयोजक बैजु पराजुली र स्थानिय सरिता ढकालले गरेका थिए ।
ओलि एण्ड असोसिएट्स, The Shade cafe टगराह, DnD लिगल,एड्भान्स नर्सिङ कलेज,अर्बान रियल स्टेट,अजि होम्लोन ,मायाज सेलुन,prestage acounting,Phat chicken, RA associates, sage Home Loan र Innovative एसोसिएट्सले कार्यक्रममा प्रायोजन गरेका थिए । प्रायोजकहरु मध्ये ओलि एण्ड एसोसिएट्स ले कार्यक्रममा प्रमुख प्रायोजकको रुपमा प्रस्तुत भएको थियो। प्रमुख अतिथि डोबेलका संघिय साँसद माननीय एम्मा म्याक्ब्राइड र बिशेष अतिथी एन आर एन का उपाध्यक्ष देब बहादुर गुरुङ्ग द्वारा संयुक्त रुपमा उद्घाटन भएको सो कार्यक्रममा बोल्दै दुबै अतिथिले नयाँ बर्षको शुभकामना प्रदान गर्नुका साथै सहभागिहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो। संस्थाका सचिब सन्तोष शर्मा ले सन्चालन गरेको सो कार्यक्रममा सस्थाका अध्यक्ष देवि भक्त पौडेलले कार्यक्रममा सहभागीहरुलाइ धन्यबाद दिदै आगामी दिनमा पनि सस्थाले यस्ता कार्यक्रमको आयोजना गर्ने बताए ।