थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
सिड्नी । अस्ट्रेलियाका नेपाली काङ्रेस पार्टीको सिदान्त र आदर्शप्रती आस्था राख्ने प्रजातन्त्रप्रेमी हरुको भेला र छलफलले रमेश अधिकारीको अध्यक्षतामा बिपी कोईराला युवा नेत्रीत्व बिकास मन्च अस्ट्रेलियाको नयाँ कार्यसमिती गठन गरेको छ । सिड्नीको डेनाम्कोर्ट स्थित पार्कमा १८ अप्रिल शनिबार आयोजित एक कार्यक्रमको बिच नयाँ कार्यसमितिको घोषणा गरियो । कार्यसमितिको उपाध्यक्षमा धन तामाङ्, बिष्णु कोईराला र कृष्ण पौडेल रहेका छन् । महासचिबमा छितिज कार्की,सचिबमा भुपाल कार्की ,कोषाध्यक्षमा सुजाता सिग्देल र जनसम्पर्क अधिकारीमा मिलन क्षेत्री रहेका छन् । त्यसैगरि कार्यसमितिको सदस्यहरुमा तारा दाही,नेत्र पौडेल,रबिन्द्र सापकोटा,सोभितजँग कुवर,अर्जुन तिमिल्सिना,पुष्पा रिमाल,एकनाथ सुबेदी,सुवासचन्द्र अर्याल रहेका छन ।
सो अवसरमा राज्य संयोजक समेत चयन गरिएको थियो । एन एस डब्लुमा सगुनबिक्रम राणा,भिक्टोरिया संयोजकमा तिलक सापकोटा,क्विन्सल्याण्ड संयोजकमा,सुनिल बस्नेत,साउथ अस्ट्रलिया संयोजकमा उमेश पौडेल,एसिटी संयोजकमा बिनोद उप्रेती,तास्मानिया संयोजकमा सुरज अधिकारी र नर्दन टेरिटोरी संयोजकमा केशब वाग्लेलाई चयन गरिएको छ । बिपी कोईराला युवा नेत्रित्व बिकास मन्च ओसेनिया संयोजक प्रज्वल भट्टराईकोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका बक्ताहरुले युगपुरुष बिपी कोईरालाले नेपालको आर्थिक,राजनैतिक,भौगोलिक र सामाजिक क्षेत्रको बिकास गरी देश र जनताको हितका लागि प्रतिपादन गर्नु भएको सिद्दान्त आजपर्यान्त उत्तिकै सान्दर्भिक रहेको बताए । उनिहरुले प्रबासमा रहेका हामीहरुले संगठन निर्माण र बिस्तारका सिलसिलमा बिपिको आदर्शर सिद्धान्तलाई ब्यबहारमा कत्तिको लागु गर्न सकेका छौ भन्ने तर्फ गम्भिर भएर सोच्नु पर्ने बेला भएको उल्लेख गरे ।
कार्यक्रममा एन आर एनका ग्लोबल उपाध्यक्ष मन केसीले जननायक बिपी कोईराला को अनुयायी हुनु पाउनु लाई हामीले गौरबको रुपमा लिनु पर्नेमा जोड दिदै उहाले नेपालको राजनैतिक र साहित्यिक क्षेत्रमा पुर्याउनु भएको योगदान बिशिस्ठ रहेको बताए । नेपाली काङ्रेस महासमिती सदस्य कन्चन पोखेरेलले बिपी कोईरालाले लिनु भएको राजनैतिक र सामाजिक पदचापलाई पार्टिले बेवस्ता गरेको बाताए ।
लुमिया नेपाली समाजका अध्यक्ष प्रकाश हुमागाईले सन्चालन गरेको सो कार्यक्रममा एन आर एन ए अस्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मी, कोषाध्यक्ष अनिल पोखरेल, प्रबक्ता नन्दू गुरुङ,एन ए डि एफका अध्यक्ष सुरेन्द्र सापकोटा, पूर्व अध्यक्ष डिल्लीराम ढकाल , साउथ वेष्ट. नेपाली समाजका अध्यक्ष देबेन्द्र सापकोटा,जनसम्पर्क समिती एन एस् डब्लुका संयोजक इथान शाक्य ,जनसम्पर्क समितिका सस्थापक दिनेशराज जोशी ,जनसम्पर्क समितिका कृष्ण गिरी ,साइमान मुडवरि, सुर्य खनाल ,नयाँका अध्यक्ष प्रकाश अर्याल चितवन समाजका अध्यक्ष पूर्णनाथ घिमिरे पूर्ब अध्यक्ष बुद्धी डल्लाकोटी ,जनसम्पर्क समन्वय समितिका सदस्य सुजित सिंह ,युवा ब्यबसायीहरु डिला खरेल र कुशल केसी लगायतका बक्ताहरुले जननायक बिपी कोईरालाको बहुआयामिक ब्यक्तित्वका बारेमा आ आफ्नो भनाई राखेका थिए ।