थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
सिड्नी । रुपन्देही सामाजीक सन्जालले नेपाली नयाँ बर्ष २०७८ को अवसरमा शुभकामना तथा भेटघाट कार्यक्रमको आयोजना गर्यो । सिद्निको टेम्पे पार्कमा यही अप्रिल १७ तारिख शनिबारका दिन आयोजित सो कार्यक्रममा सिड्निस्थित नेपाली संघ सस्थाका प्रतिनिधिहरु आयोजक सस्थाका पदाधिकारीहरु तथा रुपन्देही जिल्लामा घर भएकाहरुको बाक्लो उपस्थिती रहेको थियो ।
सस्थाका अध्यक्ष ईश्वर पोखरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एन आर एन ए अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष मन केसी ओसेनिया संयोजक होम पाण्डे , एन आर एन ए अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, प्रबक्ता नन्दू गुरुङ, ओभरसिज नेप्लिज युनाईटेड फोरमका अध्यक्ष रमेश पाण्डे, राष्ट्रिय झापाली समाजका अध्यक्स दिनेश पोखरेल, झापाली समाज अस्ट्रेलियाका अध्यक्ष उमेश पोखरेल, मल्टी डायनामिक रियल स्टेटका प्रिन्सिपल मेघराज पौडेल लगयतका बक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका महासचिव दिवाकर काफ्लेले संस्थाले विगतको अप्ठेरो परिस्थितीमा गरेका सामाजिक र कल्याणकारी कार्यहरुको बारेमा जानकारी दिदै आगामी दिनमा पनि सस्थाले सामाजिक कार्यलाई निरन्तरता दिने बताए । संजालले यो एक बर्षमा कोभिडको महामारीताका समस्यामा परेका नेपाली विद्यार्थीहरुको लागि एनआरएनएले गरेको राहत बितरणमा आर्थिक र भौतिक सहयोग गरेको, रक्तदान कार्यक्रम गरेको र रुपन्देही जिल्लाकै एक जना बलात्कृत बालिकालाइ एक लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा सांस्कृतिक संयोजक मुक्तीराम पोख्रेलले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका अध्यक्ष इश्वर पोख्रेलले धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा बार्बिक्यू पनि गरिएको थियो ।