थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
सिड्नी । जबजब एनआरएनए अस्ट्रेलियाको चुनाबी मिती नजिकिन्छ तबतब सस्थाको कार्यालयको स्थापनाको मुद्धाले महत्व पाउने गरेको बिगत अब नदोहोरिने भएको छ । सस्थाको शुभचिन्तक र सहयोगी भावना बोकेका नेपाली ब्यबसायी हरुको सहयोगका कारण सस्थाले आफ्नो कार्यालय स्थापना गर्न सफल भएको हो । मेलबर्नको कोबर्नमा यही १० तारिख शनिबारका दिन आयोजित एक कार्यक्रमका बिच तीन कोठे कार्यालयको उदघाटन संघिय सासद पिटर खालीलले गरे ।
कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष शेष घले एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कंडेल ओसेनिया संयोजक होम पाण्डे लगायत एनआरएनए अस्ट्रेलियाका पदाधिकारी एबम सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमका बक्ताहरुले अस्ट्रेलियामा रहेका नेपालीहरुको सबै भन्दा ठुलो र भरोसा योग्य साझा सस्था एनआरएनएको कार्यालय स्थापना हुनु आँफैमा खुशीको बिषय भएको बताए । उनिहरुले कार्यालय स्थापना गर्ने कार्य लाई अरु राज्यमा पनि निरन्तरता दिनु पर्नेमा जोड दिए
। उनिहरुले अस्ट्रलियामा नेपालीहरुको संख्या र प्रभाब बढदै गएको सन्दर्भमा सस्थाको सामाजिक र कल्याणकारी कार्यक्रम लाई सहज र प्रभावकारी बनाउन कार्यालयको स्थापनाले सहयोग पुग्ने विश्वाश ब्यक्त गरे ।
मासिक भाडा आठ सय अस्ट्रेलियन डलर तिर्ने गरी भाडामा लीइएको सो कार्यालयको सुरुको सात महिनाको भाडा एक्स्पर्ट एजुकेसन तथा भिसा सर्भिसेस मल्टी डायनामिक रियल स्टेट लागायतले तिर्ने छन । त्यसपछिको भाडा भने सस्थाको राष्ट्रिय समिती र राज्य समिती ले आधा आधा ब्यहोर्ने ब्यबस्था गरिएको छ । अन्य राज्यमा पनि निकट भबिष्यमा कार्यालय खोल्दै जाने सस्थाको योजना छ ।