थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
उनीहरुले गैर राजनैतिक सस्था एनआरएनमा कोहि कसैले पनि राजनीतिक गतिबिधि गर्न नहुने बताउदै सस्थाले लिएको मार्गदर्शन र आदर्शलाई ब्यबहारमा उतारेर यो सस्थाप्रती अझ आस्था र भरोसा बढाउदै लैजानु पर्ने बताए । बक्ताहरुले अस्ट्रेलियामा रहेका डेमोक्र्याट हरुलाई एकताको सुत्रमा बाध्न एनएडिएफले खेल्दै आएको भूमिका प्रसंसनिय रहेको उल्लेख गर्दै यहा रहेका डेमोक्र्याटहरुको साखलाई जोगाउन आगामी दिनमा पनि सस्थाले प्रभावकारी र निस्पक्ष्य भूमिका खेल्नुपर्ने खाचो औल्याए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता शम्भुप्रसाद पोखरेलले जननायक बी पी कोईराले प्रतिपादन गर्नुभएको रास्ट्रियता ,प्रजातन्त्र र समाजबादका अनुयायी हामीहरुले प्रजातन्त्रलाई बोलीमा नभई ब्यबहारमा देखाउन सक्नु पर्ने बताए । उनले नेपालि कांग्रेसको बर्तमान नेतृत्वले पार्टीका कार्यकर्ता र सुभचिन्तक हरुलाई उर्जा दिने खालका कार्यक्रम ल्याउनु पर्ने बेला भएको उल्लेख गरे ।
एनएडिएफका अध्यक्ष सुरेन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एआरएनए आईसीसी उपाध्यक्ष मन केसी ,एनएडिएफका पूर्व अध्यक्षहरु विवेक थापा , गणेश केसी ,सुरेन्द्र सिग्देल ,डिल्लीराम ढकाल , छिरिंग लामा , नारि निकुञ्ज ओसियानाका संयोजक जानकी पौडेल ,नारि निकुञ्ज अस्ट्रेलियाका संयोजक सन्ध्या शाह , एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा ,महासचिब डा ज्ञानेन्द्र रेग्मी ,एञ्जाका अध्यक्ष हेमन्त काफ्ले , एनआरएनएका कोशाध्यक्ष अनिल पोखरेल ,प्रबक्ता नन्दु गुरुङ ,पब्लिक रिलेसन अफिसर कोमलराज पाठक, जनसम्पर्क समितिका रामजी बस्नेत , नयाका अध्यक्ष प्रकास अर्याल ,चितवन समाजका अध्यक्ष छबि सापकोटा लगायतका बक्ताहरुले अस्ट्रेलियाका डेमोक्र्याटहरुको एकता र भाईचारालाई आगामी दिनमा अझ मझबुत बनाउन बिगतका कमि कमजोरीलाई सच्याउदै जानु पर्नेमा जोड दिए ।
एनएडिएफका महासचिब भिस्म भण्डारीले संचालन गरेको सो कार्यक्रममा सस्थाका उपाध्यक्ष हरि अधिकारी र कोशाध्यक्ष प्रज्वल पोखरेलले कोभिड प्रभावित नेपालिहरुलाई सस्थाले नेपालमा सम्पन्न गरेको राहत कार्यक्रमको बारेमा र सस्थाको बिबिध गतिविधिको बारेमा जानकारी दिएका थिए । कार्यक्रक्रममा सिड्नीमा रहेका डेमोक्र्याटिहरुको बाक्लो सहभागिता रहेको थियो ।