थप बिचार/ब्लग
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
तिमि आयौ अनि तिमि गयौ ,जन्मपछि मृत्यु हुन्छ भन्ने जान्दाजान्दै पनि मान्छे कसै कसैको मृत्युमा किन यति बिघ्न दुखि हुन्छ ? समाज किन निरास बन्छ ? हो जसले समाजका लागी केहि दिएको हुन्छ त्यसलाई समाजले अनन्त काल सम्म सम्झी रहन्छ । तिमीले आफुलाई यहि कोटिमा उभ्याएका छौ र त हामीले र यहाको नेपाली समाजले जनमजनम सम्झिरहने छ । पत्रकारिता त्यो पनि प्रबासमा यो क्षेत्रमा लागेका भुक्तभोगीलाई मात्र थाहा अनि अनुभव हुन्छ ,कति कठिन र चुनौती थिए र अझै छ भन्ने कुरोको चुरो । हिमालयन रेडियो मार्फत तिमीले गरेको पत्रकारितालाई कसैले बिर्सन्छु भन्दा पनि बिर्सन सक्दैन । आफ्नो कठिन अनि चुनौतीका दिनहरुलाई पाखा पार्दै तिमीले रेडियोलाई दिएको निरन्तरता बास्तवमै उत्कृस्ट थियो । यहाको नेपाली समाजको एक मात्र सामुदायिक रेडियो हिमालयन रेडियो तिमि अस्ताए सगै अस्ताउने त होइन भन्ने सबाल उठेको छ । टिका जी को आत्मालाई शान्ती दिलाउने नै हो भने हाम्रो समाजले हिमालयन रेडियोलाई मर्न दिनु हुदैन । यसतर्फ सबैको ध्यान जानु पर्ने देखिन्छ । टिका कार्की जसले भोलेन्टियरको रुपमा दुई दशक भन्दा लामो समय हिमालयन रेडियोको श्रीवृद्धिमा लगायो । दुईदुई दशक यहाको नेपाली समुदायलाई सुसुचित पार्न लागिपरेको तिमीले आफ्नो अन्तिम यात्राको त तय गर्यौ , अरुको मृत्युको खबर लेखेर रेडियो मार्फत जानकारी दिने साथीको मृत्युको खबर लेख्नु पर्दा यी हातका औलाहरु कापिरहेका छन् । अरुको मृत्युको खबर लेख्ने र पढ्ने पत्रकार / संचारकर्मी आफ्नै मृत्युको बारेमा बेखबर बन्नु पर्ने बास्तबिकतालाई कसैले नकार्न सक्दैन । भौतिक रुपले मरे पनि धेरैको हृदयमा बाचिरहेका मेरो साथि टिका प्रति हार्दिक श्रदान्जली ।