थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
नेपाल एकिकरणका नायक तथा नेपाली राष्ट्रीयताका प्रणेता पृथ्वी नारायण शाहको जन्म जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली दिवसका रुपमा केही वर्षदेखि अष्ट्रेलियामा मनाउँदै आइएको आयोजकमध्येका एक डिला खरेलले जानकारी दिए।
‘इतिहासलाई सम्मान गर्न सकेमात्र गर्विलो भविष्य बनाउन सकिने हुनाले नेपाल एकिकरण गरेर हामीलाई नेपाली बनाउने पृथ्वी नारायण शाहलाई हामीले विदेशमा बसेर पनि सम्मान गर्ने परम्पराको थालनी गरेका हौ’, खरेलले भने।
मन्तब्य र औपचारिक कार्यक्रम बिना सम्मानको फूल चढाउन आयोजना गरिएको कार्यक्रममा स्थानीय अर्वन नेपाली अभिभावक समाजले दिनभरनै राष्ट्रिय गान बजाएर माहौललाई निकै मनमोहक बनाएका थिए। ‘पृथ्वी जयन्तीलाई यस वर्ष पनि गौरव, श्रद्धा र नेपाली एकताको त्रिवेणी बनाउने प्रयासका साथ दिनभर अन्तर्राष्ट्रिय एकता दिवस मनाउने प्रयास गरेका हौं, जुन सफल भएको छ’, आयोजक मदनमणि अधिकारीले सुनाए। स्थानीय नेपाली अभिभावकले नेपाली बाजा मादल, हार्मोनियमसहित उपस्थित भएर राष्ट्रियता झल्कने विविध गीत संगीत पस्केका थिए। कार्यक्रममा एनआरएनका पदाधिकारी, नेपाली समाजका अगुवालगायत सयौं व्यक्तिको उपस्थिति थियो।
तोड्नेको बिगबिगी भइरहेको बेला खण्ड खण्ड राज्यलाई जोडेर अखण्ड नेपाल बनाउने राष्ट्रिय एकिकरणका नायकप्रति श्रद्धासुमन अपर्ण गर्नु महत्वको विषय भएको पुराना सञ्चारकर्मी डिल्ली ढकालले बताए।
बिहानै पृथ्वीनारायण शाहको तस्वीरमा फूलगुच्छा चढाएपछि ढकालले भने, ‘इतिहास थिएन भने वर्तमानको कल्पना पनि गर्न सकिदैनथ्यो, त्यसैले पनि विगतलाई सम्मान गर्न सक्नुपर्छ।’
कार्यक्रममा सहभागि एनआरएनका उपाध्यक्ष देव गुरूङ, नेपाली समाजका अगुवा दिनेश जोशी, युवा अभियन्ता अजय राजवंशी, सरोज पाण्डे, विजय पौडेल, रोशन खतिवडा, राजु गिरीलगायतको उपस्थिति थियो।