थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
सिड्नी डिसेम्बर २८ । नेपाली एकता समाज अष्ट्रेलियाले आगामी पुष २७ गते भव्यताका साथ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजबंशीको अध्यक्षतामा हालै सिड्नीमा बसेको नियमित बैठकले उक्त निर्णय गरेको हो । पृथ्वीजयन्ती मूल आयोजक समितिको संयोजकमा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका सल्लाहकार दीपक बिष्ट रहेका छन् भने प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका ’साउथ अस्ट्रेलिया’ राज्य संयोजक कल्याण पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिने आयोजक सस्थाले जनाएको छ ।
प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका सल्लाहकारद्वय दीपक बिष्ट र दीपक गौतमको उपस्थिति, संगठनका अध्यक्ष अजय राजवंशीको अध्यक्षता र बरिष्ठ उपाध्यक्ष ऋषिकेश न्यौपाने, महासचिव मिलन आचार्य ,कोषाध्यक्ष कल्याण पन्त लगायतको सहभागितामा बसेको उक्त अनलाइन बैठकले पृथ्वीजयन्तीको बिशेष तयारीको लागि आगामी बैठकमा छलफल गरिने र प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको नियमित बैठक प्रत्येक महिनाको पहिलो शुक्रबार सिड्नीको समय अनुसार साँझ ८ .०० बजे बस्ने निर्णय गरेको छ ।
बैकमा सम्पूर्ण स्टेटहरुमा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको संगठन बिस्तार गर्ने, नयाँ सदस्यता बितरण गर्ने, संगठनलाई चुस्त दुरुस्त बनाउने लगायतका बिषयमा छलफल गरिएको र अष्ट्रेलियाका सम्पूर्ण स्टेटहरुमा हालसम्म भएका कार्यविवरणको समीक्षा गरिएको संगठनका बरिष्ठ उपाध्यक्ष ऋषिकेश न्यौपानेले जानकारी दिएका छन्। अष्ट्रेलियाको बिभिन्न राज्यमा बस्ने नेपालीहरुले बिगत ३५ बर्ष देखी पृथ्वी जयन्ती/ राष्ट्रिय एकता दिवस स्वतःस्फूर्त रुपमा मनाईदै आईएको छ। सिड्नीस्थित नेपाली नागरिक समाजका अगुवाहरू हरेक बर्ष सिड्नीको पिट स्ट्रीटमा भेला भएर पृथ्वीनारायणको सम्झना गर्दै एकता दिवस मनाउदै आएका छन् । बाक्लो नेपाली बस्ती भएको अबर्नमा यो बर्ष पनी ‘International Nepali Day’ को तयारी गरिदै छ । प्रबासी नेपाली एकता समाज, अस्ट्रेलियाका सल्लाहकार दीपक बिष्ट र ’साउथ अस्ट्रेलिया’ राज्य संयोजक कल्याण पन्तको अगुवाईमा यो बर्ष भव्यताका साथ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइने छ ।
राष्ट्रिय एकताका लागि सबै नेपाली एकताबद्ध हुनु नै राष्ट्र निर्माता पृथ्वी नारायण शाहप्रति सच्चा सम्मान हुने सस्थाद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।