नेभिगेशन
LEADING_MAIN

सेन्ट जर्ज नेप्लिज क्लबको अध्यक्षमा पदम जोशी

सिड्नी १३ ,अक्टोबर । नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्निको सेन्ट जर्ज क्षेत्रको नेपाली सस्थाहरु मध्य पुरानो सस्थाको रुपमा रहेको सेन्ट जर्ज नेप्लिज क्लबको हालै सिड्नीमा सम्पन्न वार्षिक साधारण सभाले पदम जोशीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । क्लबको उपाध्यक्ष एबम् पब्लिक रिलेशन अफिसरमा बिरेन्द्र श्रेष्ठ महासचिबमा सुमन भट्टराई सचिबमा रोशन लामिछाने र कोषाध्यक्षमा रजनिश श्रेष्ठ चयन भएका छन् । त्यसैगरी खेलकुद संयोजकमा जगत पाइजा ,म्यानेजरमा प्रितीका श्रेष्ठ ,इभेन्ट संयोजकमा सुकमाया गुरुङ्, महिला संयोजकमा इन्दिरा गुरुङ, सोसियल मिडिया संयोजकमा सुमन भट्टराई र मिलन गिरी, लियजन अफिसर र भेट्स् टिम म्यानेजरमा गोपाल रन्तिजा, अल एज स्पोर्ट संयोजकमा दभिड कुमाल र भेट्स् स्पोर्ट संयोजकमा नारायण कटुवाल रहेको सो सस्थाले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।