थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
कार्यक्रममा सामाजिक अभियन्ता भवानी ओलीले नया संविधान ऐतीहासिक र मुलकको मुहार फेर्ने दस्तावेज भएकोले बिदेशमा बसेर पनि संविधान दिवस मनाउदै गर्दा हामीले गौरव गर्नुपर्ने बताए ।
एनआरएन अस्ट्रेलियाका निर्वतमान अध्यक्ष गोवा कटुवाललले संविधान दिवसको उपलक्ष्यमा बिदेशमा बस्ने सबै नेपाली एकताबद्ध हुने मौका प्रदान गरेको र प्रवासी नेपालीको हक हितमा समेत उल्लेख्य कदम चालिएकोमा खुसी ब्यक्त गरे । कार्यक्रममा पत्रकार संघ अस्ट्रेलियाका सल्लाहकार सन्चारकर्मी मनऋषी धिताल ,एनआरएनकी संरक्षक इन्द्रा वन , एनआरएनका उपाध्यक्ष देब गुरुङ, आइसीसी सदस्य जानकी पौडेल , एनआरएन प्रवक्ता नन्द गुरुङ , ओएनएफका अध्यक्ष रमेश पाण्डे, लगायतले संविधान दिवसको उपलक्ष्यमा आआफ्ना धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रम एनआरएन ओसेनियाका संयोजक होम पाण्डेले सन्चालन गरेका थिए ।
यसै गरी संविधान दिवसको उपलक्ष्यमा क्यानबेरा स्थीत नेपाली राजदुतावासले पनि केहि सिमित ब्यक्तीहरुको उपस्थीतीमा संविधान दिवस मनाएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा एनआरएनका पुर्व अोसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष चुडामणी सापकोटा , समाजिक अभियन्ता कृष्ण हमाल लगायतको उपस्थीती रहेको थियो ।