थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- अस्ट्रेलियामा छठ पूजा २०२५ भव्य रूपमा मनाइने
- प्रधानमन्त्री सुशिला कार्की र अष्ट्रेलियाली राजदुत लिअन जोनस्टन बीच भेटवार्ता
- आगामी मंगलवार अष्ट्रेलियाका विभिन्न शहरहरुमा लक्ष्मीपुजा गरिने
- कोजाग्रत पूर्णिमा आज : दशैंको समापनसहित महालक्ष्मीको आराधना, तिहारको तयारी सुरु
- “सक्सेस"को सफलतामा आदर्शको इमानदारीता
साताको लोकप्रीय
कार्यक्रममा अस्ट्रेलियाका रजादुत महेशराज दाहालले सहयोगको रकम के कति भएपनि एकाले आफ्नो जिम्मेवारी महशुस गर्दै विध्यार्थीको सहयोगमा देखाएको तत्परता महत्वपुर्णरहेको बताए । राजदुत दाहालले राजदुतावासमा सहयोगका लागि आएका विध्यार्थीहरुको आवेदनका आधारमा एक सय पचास जना अत्यन्तै समस्यामा परेका विध्यार्थीलाई एकाको तर्फवाट सहयोग गरिएको र अन्यको हकमा एनआरएन लगायतका संघ संस्थाको पहलमा सहयोग गरिदै आएको बताए ।
राजदुत दाहालले कोरोनाको पछिल्लो प्रभावमा करिब १८ सय विध्यार्थीले राजदुतावासमा सहयोगको लागि आवेदन दिएको र त्यसमध्ये संभवभएसम्म सबैलाई विभिन्न माध्यमवाट सहयोगको व्यबस्थापन गरिएको बताए । बिश्वब्यापी कोरोना प्रभावले थलिएको बेला अस्ट्रेलियामा पनि समस्याका चाङहरु रहेपनि राजदुतावासले दैनिक १५ ,१६ घन्टा काम गरेर भएपनि सहयोगको चाजो पाजो मिलाएको दाहालले बताए ।
काम गर्दा गाली र ताली दुबै पाइने भएकोले एकाले प्रारम्भमा राम्रो कामको थालनी गरेको र आउदा दिनहरुमा पनि समस्यालाई मध्येनजर गर्दै अगाडि बढनुपर्ने राजदुत दाहालले बताए ।
कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले संसारका सबैस्थानमा कोरोनाको प्रभाव र अभाव रहेको बेला अस्ट्रेलीयामा ेनपाली समाजले देखाएको चासो र सहयोगको कार्य प्रंशसनिय रहेको बताए ।
एनआरएन ग्लोबलका उपाध्यक्ष मन केसीले समयचक्रले ल्याएका यस्ता खाले समस्यालाई चुनौत र अवसरका रुपमा स्वीकार गर्दै अघि बढनसक्नुपर्ने अवस्था रहेको बताए । हरेक कुरालाई दुबै अर्थमा सोच्ने हो भने समाधानका वाटाहरुपनि पहिल्याउन सकिने बताउदै उपाध्यक्ष मन केसीले भने प्रवासी नेपाली समाज र एनआरएनले यस्ता समस्यालाई पहिचान गर्दै सहयोगी हातहरु अगाडि बढाउदै आएको बताए । एकाले विध्यार्थीको हक हितमा गरेको यो सानो सहयोग भएपनि सबैका लागि भने यो करौडौको शन्देश भएको केसीले बताए । एकाका अध्यक्ष पीआर अधिकारीले व्यबशायीक संस्थाका रुपमा रहेको एकाले आफ्नो दायित्वका रुपमा गुर्नपर्ने कामको सुरुवात मात्र गरेको बताए । विध्यार्थीको अभिभावकका रुपमा रहेको एकाले आफ्नो पहिलो धर्म निर्वाह गर्नेक्रममा विध्यार्थीहरुलाई सहयोग गरेको हो ,यो निरन्तर चलिरहने छ , अधिकारीले बताए ।
कार्यक्रममा एनआरएका उपाध्यक्ष देब गुरुङ, प्रवक्ता नन्द गुरुङले यस पटक कोरोनाको प्रभावमा विध्यार्थीहरुका हितमा समुदायवाट निकै महत्वपुर्ण कामहरु भएको र एनआरएनले त्यसमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । सहयोग बितरण समितीका संयोजक निरज श्रेष्ठ, एकाका उपाध्यक्ष राजेश जोशी, पुर्व उपाध्यक्ष भुपाल सिटौला लगायतले सहयोग सानैभएपनि कठिन परिस्थीतीमा महत्वपुर्ण रहेको बताए । कार्यक्रममा राजदुतावासका लेखा प्रमुख यादव कोइराला, आइसीसीका पुर्व सदस्य बालचन्द्र भट्टराइ, चितवन समाजका पुर्व अध्यक्ष सत्य प्रकाश कडेंल , तनहुँ समाजका महासचिब सुर्य खनाल लगायतको उपस्थीती रहेको थियो ।