नेभिगेशन
खेलकुद

नेटबलकी सानी अम्पायर अर्थात दीति जोशी

नेट बल अस्ट्रेलियाको लोकप्रीय खेलमध्यमा एक पर्दछ । यसको लोकप्रीयता बिस्तारै दक्षिण एशियाली राष्ट्रहरुमा पनि बढ्दैछ । नेपालमा यसको सुरुआत भएको केहि वर्ष भएता पनि केहि स्कुलहरुमा मात्र यो सिमित बन्न पुगेको छ । यतिबेला अस्ट्रेलियाको नेपाली समुदाय र नया पुस्तामा पनि नेट बलको लोकप्रीयता बढेको छ । सीड्नीको ग्लेनउडमा रहेको ग्लेनउड नेटबल क्लबमा यतिखेर केहि नेपाली अनुहारहरु पनि यस खेलमा झुल्कीन थालेका छन । सानैदेखि स्कुलमा दिदी दिवा जोशीले नेटबल खेलेको देखेर बहिनी दीति जोशीपनि यस खेलमा आकर्षीत भएकी थिइन । पीता दिनेश जोशीसँंग सदैव दिदी दिवाको खेल र अम्पायरीङ हेर्ने क्रममा उनलाई पनि खेलुम खेलुक लाग्न थालेछ । तर सानै उमेरकी दीति यतिखेर खेलसँंगै नेटबलको अम्पायरीङमा पनि सघाउदै आएकी छिन । क्लबको हरेक विकेन्डमा हुने प्रतियोगिताहरुमा दीदी यतिखेर रेफ्रीको भुमिका बढि रुचाइएकी छिन । सानै उमेरमा रेफ्री तालिम गरेकी दीति भबिष्यमा नेटबलको अम्पायरीङ पट्टी ध्यान दिने बताउछीन । आफुभन्दा निकै ठुला खेलाडीहरुको खेलमा समेत दीदीको अम्पायरीङ रुचाइएको छ । सानो उमेरमै अम्पायर बनेकी दीति पढाइसँंगै नेटबललाई पनि अगाडि बढाउने बताउछीन । आफु सानै भएपनि ठुलो प्रतियोगितामा समेत निर्णय सुनाउने काम चानचुने भने हुदैन । प्रतिस्पर्धामा लाइन, फल र प्राविधिक त्रुटीलाई नजिकवाट नियालेर निर्णय गर्नु कठिन कार्य हो तर पनि उनि हरेक निर्णयलाई सहजै सीट्ठी फुकेर खेललाई अनुशासनको दायरामा राख्ने कोशिस गर्छिन । ठुलो नेटबलकी सानी रेफ्री दीदीलाई खेल जिवनको शुभकामना
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहारा मेलबर्न गठन

सहारा मेलबर्न गठन

बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।