नेभिगेशन
नेपाल समाचार

तिस बर्षपछि अस्ट्रेलिया आर्थिक मन्दीको चपेटामा

अस्ट्रेलियाली तथ्याङ्क विभागले जारी गरेको पछिल्लो आँकडा अनुसार देशको कुल गृहस्थ उत्पादन (जिडिपी) मा ७ प्रतिशतले ओरालो लागेपछि, आधिकारिक रूपमै तिस बर्षपछि अस्ट्रेलिया आर्थिक मन्दीमा गएको पुष्टि भएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स अर्थात अस्ट्रेलियाली तथ्याङ्क विभागले जुन त्रैमासिकको आँकडा बुधवार जारी गर्दै एक वर्षमा भने अस्ट्रेलियाको अर्थतन्त्र ६.३ प्रतिशतले तल पुगेको जनाएको छ। विभागले जुन त्रैमासिकमा अस्ट्रेलियाली अर्थतन्त्र ओरालो लाग्नुको प्रमुख कारण विश्वव्यापी महामारी र त्यसको रोकथामका कदमहरूलाई जिम्मेवार ठहराएको छ । “सन् १९५९ मा त्रैमासिक रूपमा जिडिपीको विवरण राख्न थालिए यता कै यो कुनै पनि अघिल्लो त्रैमासिकको तुलनामा सबैभन्दा ठुलो अन्तरले कुल गृहस्थ उत्पादनमा देखिएको ह्रास हो,“ विभागले बुधवार बिज्ञप्ती जारी गर्दै बताएको छ । एबीएसको पछिल्लो तथ्याङ्कले देश आर्थिक मन्दीको चरणमा प्रवेश गरेको प्राविधिक रूपमै पुष्टि भएको छ । कुनै पनि दुई लगातारका त्रैमासिक अवधिमा जिडिपी ऋणात्मक वृद्धि भएमा त्यसलाई आर्थिक मन्दीको रूपमा बुझिने प्रचलन छ। अघिल्लो मार्च त्रैमासिक अवधिमा अस्ट्रेलियाली अर्थतन्त्र ०.३ प्रतिशतले घटेको थियो। जुन त्रैमासिक अवधिका क्रममा मानिसहरूले घरेलु खर्चमा अत्यधिक कटौती गरेको देखिएको छ । अस्ट्रेलियाका अर्थमन्त्री जोस फ्राइडेनबर्गले पछिल्लो जिडिपी आँकडा बारे बोल्दै कोरोनाभाइरस संकटका कारण अर्थतन्त्रमा विनाशकारी प्रभाव देखिएता पनि यस कठिन परिस्थितिबाट निस्कने प्रयास भैरहेको बताएका छन्। संघिय सरकारले कोरोनाभाइरसको सङ्कटमा अस्ट्रेलियालीहरूलाई आर्थिक मन्दीको प्रहारबाट बचाउने हर सम्भव प्रयास गरिरहेको छ तर “आज प्रकाशित आँकडाहरूले कोभिड १९ बाट अस्ट्रेलियाको अर्थव्यवस्थामा विनाशकारी प्रभावको पुगेको पुष्टि गरेको छ,“ फ्राइडनबर्गले बताएका छन । एजेन्सी
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।