नेभिगेशन
कला/शैली

नरेशको “म सास बन्न पाए “ चर्चाको शिखर चुम्दै

सिड्नी, बिगत एक दशक देखी अस्ट्रेलिया लाई कर्मथलो बनाउदै आएका सुमधुर स्वरका धनी गायक नरेश रेग्मीको सुमधुर आवाजमा सजिएको म्युजिक भिडियो ”म सास बन्न पाए “ले छोटो समयमै लाखौं स्रोता र दर्शक को मन जित्न सफल भएको छ । अगस्त २९ तारिख रिलिज भएकै दिन साढे २ लाख स्रोताको मन जित्न सफल उक्त म्युजिक भिडियोमा बसन्त सापकोटाको शब्द संगीत रहेको छ । शिव बिकको निर्देसन ,मिलन बिस्वकर्माको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ । एनआर क्रियसनले उत्पादन गरेको सो म्युजिक भिडियोमा अभिनेत्री एलिजा गौतम र अभिनेता पुष्प खड्काले मोडलिङ् गरेका छन् । भिडियोको सम्पादन पदम सुबेदीले गरेका हुन । आफ्नो आवाजमा सजिएको म्युजिक भिडियोले स्रोता र दर्शकले मन पराइदिनु भएकोमा गायक नरेश रेग्मी सबैप्रती हार्दिक आभार ब्यक्त गर्दछन् । नेपाल न्युज अस्ट्रेलियासँग कुरा गर्दै उनले परदेशको ब्यस्त समयलाई ब्यबस्थापन गर्दै नेपाली संगीत क्षेत्रमा सहयोग पुर्याउन दर्शक र स्रोताहरुले दिनु भएको मायालाई बिर्सन नसकिने बताउछन् । म्युजिक भिडियोलाई हेर्नको लागि https://m.youtube.com/watch?feature=youtu.be&v=VuJkSDZRwfQ मा क्लिक गर्न सकिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/शैली
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।