नेभिगेशन
LEADING_MAIN

‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने सरकारको निर्णय

काठमाडौं,सरकारले विदेशमा पढ्न जाने विद्यार्थीका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नो अब्जेक्सन लेटर दिने शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नो अब्जेक्सन लेटर अब वितरणका लागि बाटो खुलेको जानकारी दिए। ‘नो अब्जेक्सन लेटर खुला गर्ने मन्त्रालयको प्रस्ताव क्याबिनेटले पास गर्‍यो,’ उनले सेतोपाटीसँग भने। कोरोनाभाइरस महामारीपछि गत चैतदेखि सरकारले विद्यार्थीलाई नो अब्जेक्सन लेटर वितरण गरेको थिएन। अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारीसँगै सरकारले विद्यार्थीलाई उक्त लेटर वितरणको बाटो खुला गरेको हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।