थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
प्राय अस्ट्रेलियामा छोराछोरी भेटन आएका अभिभावक र आपत बिपतमा रहेका नेपालीहरुलाई प्राथमिकताका आधार मानेर एनआरएन अस्ट्रेलियाले उद्धार उडानमा यात्रु निर्धारण गरेको थियो । नेपाल जान चाहनेहरुको आवेदन र बाक्लो उपस्थीती हरेर एनआरएन अस्ट्रेलियाले राजदुतवासको सहयोगमा पुन आगामी ६ अगष्टमा पनि नेपालका लागि सिंगापुर एअरलाइन्सको सेमि चार्टड उडान तय गरिसकेको छ । १७ सय पचास अस्ट्रेलियन डलर भाडादर लिइएको यो उडानमा नेपाल जान बिरामी अभिभावकहरु निकै ठुलो भिडनै लागेको थियो । स्वदेश फर्कन पाएकोेमा कयैन अभिभावकहरले एनआरएनलाई धन्यवाद समेत प्रदान गरेको एनआरएन प्रवक्ता नन्द गुरुङले बताए । हामी अत्यन्तै पीडामा थियौ, छोरीको बिवाहका लागि केहि दिनका लागि आएका थिर्याै, केहि महिना अडकियौ ,उता नेपालमा अभिभावक सीरीयर भएको खबर आयो, हामी बिलखबन्धनमा परेका थियौ तर धन्य एनआरएन र दुतावासले चार्टड बिमानको व्यबस्था गरेकाले नेपाल जान संभव भयो , तिनकुने घर भएका सुरेन्द्र बोहराले बिमानस्थलमा सुनाए । बोहराले भने पैसा केहि मंहगो भएपनि आपत बिपतमा र यस्तो माहामारीमा साथ र सहयोग गर्ने निकायलाई धन्यवाद दिनैपर्छ , बोहराले भने ।
दाङका अर्जुन बस्नेत घरमा ताला चाबी ठोकेर सपरिवार छोरा भेटन सीड्नी आइपुगेका थिए तर कोरोनाले केहि महिना अडकिदा सारै अप्ठयारोमा परे, नियमित उडान खुल्ने प्रतिक्षामा कुर्दाकुर्दै संम्भवै भएन । ढिलै भएपनि बिहिबार चार्टड बिमानमा नेपाल जान पाउँंदा उनि निकै उत्साहित देखिए । बिमानस्थलमा बस्नेतले भने जान पाउने भइयो ,यही हाम्रो लागि ठुलो कुरो भएको छ ।
यसरी कोही अभिभावक गुमाएका र केहि परिवारीक पीडामा रहेकाहरु पनि गारो सारो बिच नेपाल पुग्न पाउने आशामा बिमानस्थलमा भेटिए । कस्तो रोग लाग्यो कुरै नगर्नुस , यता हामी उता अभिभावकको पीडा । अभिभावक गुमाएको पीडा पोख्दै एक यात्रुले भने अनुहार समेत हेर्न पाइएन । कम्तीमा यो उद्धार उडानले मृत्युंसंस्कार गर्नसम्म पाइने भयो , यही ठुलो कुरा रहयो ।
मुख्य कुरो अस्ट्रेलियामा मात्र करिब पाँंच हजार भन्दा बढीको संख्यामा नेपाली अभिभावकहरु हुनुहन्छ, नेपाल फर्कनेहरुमा सबैभन्दा बढि उहाहरुको चाप बढि देखिएको छ, एनआरएन अस्ट्रेलीयाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले बताए । त्यसपछि आपत बिपत परेका र नेपाल जानै पर्नेहरुको संख्या केहि छ, यसले पनि हामीले अर्को हप्ता एउटा सेमि चार्टड उडानको व्यबस्था गर्ने सोच बनाएका छौ , रेग्मीले सुनाए ।