नेभिगेशन
नेपाल समाचार

कोरोनावाट विदेशमा थप १६ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण यो साता थप १६ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको निधन भएको हो। कतारमा निधन भएका ८ जना मध्य २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ। गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ। समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन्। संघका अनुसार जम्मा कोराना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन्। अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपाली मध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन्।समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन। विदेशमा ३० हजार ५ सय ७१ जना मध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघका प्रवक्ता डीबी क्षेत्रीले बताएका छन । प्रवक्ता डीबी क्षेत्रीका अनुसार भारत, साउदी, युएई र कुवेतमा मात्र ९ सय ५० जनामा नेपालीहरुमा यो साता कोरोना संक्रमणमा बृद्धि भएको हो। नेपालसहित कोरोना भाइरसका कारणले ४० जना नेपालको सहित विश्वभर ज्यान गुमाउनेको संख्या २ सय जना पुगेको छ। यस्तै नेपालमा मात्र १७ हजार ५ सय २ जनामा संक्रमण फैलिएको छ। ती मध्ये करिब ६५ प्रतिशत अर्थात ११ हजार ६ सय ३७ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ। यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १ सय ७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ। विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ३४ जनामध्ये १ सय ५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ। विदेशबाट अझै १ सय ७ वटा शव नेपाल ल्याउन बाँकी छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।